नेभिगेसन मेनु

पाकिस्तानमा रेल हाइज्याक, १०४ यात्रु छुटाइयो
सम्पादक:南亚网络电视
समय:2025-03-12 11:53

pakistan plane hijack

एस् ए टी भी २८ फाल्गुन, काठमाडौँः पाकिस्तानको बलूचिस्तान प्रान्तमा मंगलबार चारसय भन्दा बढी यात्री सवार एक रेल हतियारधारी चरमपन्थीले कब्जामा लिएका छन् । 

आक्रमणको जिम्मेवारी बलूच लिबरेशन आर्मी (बीएलए)ले लिएको छ । यो आक्रमण क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेसमाथि भएको थियो ।

बीबीसी उर्दुका अनुसार पाकिस्तानको सैन्य सुत्रले जाफर एक्सप्रेस आक्रमणपछि त्यसमा रहेका यात्रुमध्ये १०४ जनालाई उद्धार गरिसकिएको छ । यस अभियानका क्रममा १६ जना बलूच लडाकू मारिएका छन् ।

यसैबीच जाफर एक्सप्रेसका ८० यात्रु मच्छ रेलवे स्टेशनमा पुगेका छन् । उनीहरुको प्राथमिक उपचार भइरहेको छ । रेलवे अधिकारीहरुका अनुसार ९ डिब्बाको रेलमा चार सयभन्दा अधिक यात्री रहेका थिए ।

यता उक्त कारबाहीमा ३० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको बताइएको छ ।

पाकिस्तानका गृह राज्यमन्त्री तलाल चौधरीले रेलमा रहेका कैयौं यात्रीलाई बलूच फौजले पहाडी क्षेत्रमा बन्धक बनाएर लिएको बताएका छन् ।

मंगलबार सरकारका प्रवक्ताले डन न्यूजपेपरसँग कुराकानी गर्दै रेलमा ठूलोमात्रामा गोलाबारी भएको बताएका छन् । यता बलूच लिबरेशन आर्मीले रेलमा सवार यात्रु र कैयौं सुरक्षा बलका जवान आफ्नो कब्जामा रहेको दाबी गरेको छ । यदि कुनै सैन्य कारबाही गरिए गम्भिर परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिएको छ ।

बीएलएले आफ्ना लडाकुको रिहाइको बदलमा बन्धकको फेरबदल गर्नका लागि सरकारलाई ४८ घण्टाको समय दिएको छ ।

बीएलए पाकिस्तानको बलूचिस्तान प्रान्तको एक उग्रवादी समूह हो । छुट्टै देशको माग गर्दृ आएको यो समूहले पाकिस्तानी सेनामाथि लगातार आक्रमण गर्दै आएको छ । अफगानिस्तान र भारत सरकारको यो समूहलाई समर्थन रहेको पाकिस्तानले आरोप लगाउँदै आएको छ ।

भारत–पाकिस्तान विभाजनका क्रममा यो क्षेत्र एक स्वतन्त्र देशका रुपमा रहनुपर्नेमा पाकिस्तानले सैन्य बलको सहयोगमा पाकिस्तानभित्रै गाभेको यहाँका नागरिकको गुनासो छ । पाकिस्तानले बलुच समूहलाई सन् २००७ मा आतंकवादी संगठनको सूचीमा राखेको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर