नेभिगेसन मेनु

नेपाली पत्रकारलाई चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम काठमाण्डौ विश्वविद्द्यालय कन्फ्युसियस इन्स्टिच्युटमा आजदेखि प्रारम्भ
सम्पादक:南亚网络电视
समय:2024-12-16 14:11

KU MEDIA

एस् ए टी भी ०१ पौष, काठमाण्डौंः नेपाल चाइना मिडिया फोरम र काठमाण्डौं विश्वविद्ध्यालय कन्फ्युसियस इन्स्टिच्युटको आयोजनामा नेपालमा अवस्थित रहेर सञ्चार कर्म गरिरहेका पत्रकार तथा सञ्चारकर्मीहरूलाई चिनियाँ भाषाको आधारभूत ज्ञान दिने उद्देश्यले चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम आजदेखि काठमाण्डौ विश्वविद्द्यालय कन्फ्युसियस इन्स्टिच्युटमा आजदेखि प्रारम्भ भएको छ।

प्रशिक्षण कार्यक्रममा ४० भन्दा बढी पत्रकार तथा सञ्चार जगतका व्यक्तीहरूको सहभागीता थियो। खबरहब, गोरखापत्र, जन आस्था लगायतका पत्रपत्रीका पत्रकारहरू प्रशिक्षणकार्यक्रममा सहभागी थिए। कोभिड महामारीले रोकिनु भन्दा अगाडीनै सुरु भएको यस कार्यक्रम अहिले फेरि सञ्चालनमा आएको हो।

IMG_5397

कार्यक्रममा अध्यक्षता गरेका नेपाल चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले अभिलेखिकरणकै लागि भए पनि नेपाली सञ्चारकर्मीले चिनियाँ भाषा सिक्नु पर्नेमा जोड दिए। नजिकैको मित्र राष्ट्र भएता पनि चिनियाँ भाषा नेपालमा फस्टाउन नसकेको अवस्थामा नेपाली पत्रकार लक्षित यस कार्यक्रमले यसको फैलावटमा महत्वपूर्ण योगदान दिनेमा उनि विश्वस्त थिए। "जसरी अन्य छिमेकी मुलुकका पत्रपत्रीकाले गरेका त्रुटी औँल्याउन हामिलाई सजिलो हुन्छ, यस कार्यक्रमको सफलता पछि हाम्रा नेपाली पत्रकारले चिनियाँ पत्रपत्रिकामा छापिएका सामग्रीहरूपनि सजिलै शुद्दाअशुद्धी पत्ता लगाउन तथा मर्म बुझ्न सजिलो हुनेछ।" उनले भने। भाषा सिकेर अन्य व्यवसायमा लाग्न तथा समग्र आफ्नो गुण वृद्दी गर्न पनि धेरै सहयोग पुग्ने उनले औँलाए।

IMG_5408

कार्यक्रमका सहभागीलाई स्वागत गर्दै काठमाण्डौं विश्वविद्ध्यालय कन्फ्युसियस इन्स्टिच्युटका निर्देशक लि शुवाङ छ्ङ्ले चिनियाँ भाषा सिक्न एकदमै सजिलो रहेको र यस सिकाईले जीवन जिउनमा सकारात्मक असर पार्नेमा आशावादी रहेको बताए। नेपाली पत्रकारले चिनियाँ भाषामा पोख्तता पाए नेपाल र चीनबिचको मैत्री सम्बन्ध अझ गाढा हुनेमा पनि उनि विश्वस्त देखिन्थे। दुई देशबिचका सञ्चार प्रविधी आदान प्रदानमा पनि भाषा ज्ञानको कमी रहँदै आएकोमा यस प्रशिक्षण कार्यक्रमले त्यस खाडल पुर्नेमा ढुक्क रहेको बताएका थिए। चिनियाँ भाषाका अक्षर सिक्नु भनेको विद्वत्व प्राप्त गर्नु जस्तै रहेको पनि उनले बताए। "हरेक अक्षरमा एउट फरक ज्ञान रहेको छ" ,उनले भने।

IMG_5385

काठमाडौं विश्वविद्यालय, इन्गेजमेन्ट डिभिजन, ग्लोबल कार्यवाहक निर्देशक उद्धव प्याकुरेलले कार्यक्रमको सफलताको शुभकमना दिँदै पहिले पहिले चिनियाँ विध्यार्थीको आगमन कम हुन्थ्यो भने अहिले बढ्दै गएकोमा खुसी व्यक्त गरे।

IMG_5456

प्रशिक्षक चाङ होङ वेइले नेपाली पत्रकारहरूलाई चिनियाँ भाषा पढाउन पाउनु एक शौभाग्यशाली अवसर रहेको बताइन्। अनुमानित समयावधी ३ महिनाको राखेर सुचारू कार्यक्रम आवश्यक परेको खण्डमा त्यो भन्दा लामो समय लम्ब्याइने बताइएको छ। यस कार्यक्रमबाट उत्कृष्ट प्रशिक्षार्थीलाई चीनमै गएर पढ्ने वातावरण मिलाउन पनि पहल गर्ने आयोजकको आश्वासन थियो।

IMG_5437

कार्यक्रमले नेपाल चीन मिडिया तथा प्रविधी आदान प्रदान तथा सम्बन्धलाई उच्च स्तरमा पुर्याउनेमा आयोजक आश्वस्त रहेका छन्। नेपाल र चिनियाँ जनताले एक अर्काको कला, संस्कृती पनि पत्रपत्रिकाको माध्यमबाट अवलोकन गर्न सक्नेमा विश्वस्त छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर