
एस् ए टि भी, काठमाडौं, श्रावण ७: आज २०८१ साल श्रावण चन्द्रमास अनुसारको पहिलो सोमबार मनाउन भनी एका बिहानै देखि पशुपतिमा शिवजीको दर्शन गर्न श्रद्धालु, भक्तजन लगायत व्रतालु विशेषत: महिलाहरुको घुइँचो लागिरहेको छ।

महिला भक्तजनहरूको यो विशेष चाड साउने सोमबारमा, हिन्दू धर्मका त्रिदेव मध्यका महान देव महादेवको तनमनले निष्ठा देखाउँदै व्रत बसी पूजाआराधना गर्ने हो भने मनोकांक्षा पूर्ण हुने आस्था रहेको छ। पशुपति विकास कोषले पनि यस विशेष अवसरलाई ध्यानमा राख्दै पशुपति क्षत्र भित्र भव्य तयारी र व्यवस्थापन गरेको छ।
आफ्नो सहयात्री अर्थात् श्रीमानको लामो आयुको कामना गर्दै हिन्दू महिलाहरु श्रावण महिनाकाे हरेक सोमबार व्रत बस्ने गर्दछन्। यस खास दिन शिवजीको व्रत बसे अविवाहित युवतीले राम्रो श्रीमान् पाउने, विवाहित श्रीमानको लामो आयु हुने अनि हिन्दू कथन् अनुरूप यमराजको मुखबाट पनि फिर्ता ल्याउन सक्ने भन्ने विश्वास रहिआएको छ।

यस विशेष दिनमा महिलाहरु व्रत बसी, भगवान शिवलाई बेलपत्र, रूद्राक्ष, पञ्चामृत लगायत फूल अक्षता चढाई खुसी बनाउने आफ्नो सम्पूर्ण प्रयास गर्छन। बिहानै नै नुहाई धुवाई, चोखो नितो गरी यस विशेष दिनलाई विशेष बनाउन रातो, पहेँलो र हरियो रंगको लुगामा, चुरा, पोतेमा सज्जिदै भगवानसंग प्रार्थना गर्दछन्।
भगवान शिवको मूल बासस्थान मानिएको पशुपतिनाथमा पनि साउन १ गते देखि ३२ गते सम्म १०८ अनुष्ठानको विशेष आयोजना भएको छ। महिना भरी धर्म कर्ममा संलग्न हुने भक्तजनहरू प्रति सत्कार देखाउँदै पशुपति क्षेत्रको कुना-कुनामा यस्ता अनेकौं धार्मिक कार्यक्रमहरु महिनै भारी आयोजना हुने वाला छ।
एस् ए टि भिको क्यामरामा कैद अन्य तस्बिरहरू:























































