नेभिगेसन मेनु

डुबेर किशोरीको मृत्यु
सम्पादक:南亚网络电视
समय:2024-07-03 11:35

dead-body

असार १९ गते । बर्दीबास –८ हात्तीलेटस्थित खोल्सीको दहमा डुवेर एक किशोरीको मृत्यु भएको छ । गाउँको उत्तरमा पर्ने माई खोल्सीमा नुहाउन गएका बेला सोही वडाको पासवान टोलकी १९ वर्षिया जानकीकुमारी पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ । 

खोल्सीको पानीमा अचेत अवस्थामा फेला परेकी जानकीको बर्दीबास असपतालमा उपचारको क्रममा मंगंलवार राति ९ बजेतिर मृत्यु भएको बर्दीबास इलाका प्रहरी कार्यालयका डिएसपी रेवतीरमण पोखरेलले बताउनुभयो ।  

घरबाट सोही दिन दिउँसोतिर एक्लै नुहाउन गएकी जानकी साँझ अवेरसम्म पनि नफर्केपछि खोजतलास गर्दा बेहोस अवस्थामा फेला परेको गाउँलेले जनाएका छन् । मृत्युको स्पष्ट कारण खुल्न नसकेको प्रहरीको भनाइ छ । 

वडाध्यक्ष शमशेर सिंहले जानकी पहिलेदेखि नै छारे रोगको विरामी भएकाले एक्लो अवस्थामा नुहाउन लाग्दा सोही रोगले च्यापेर मृत्यु भएको हुन सक्ने बताउनुभयो । प्रहरीले घट्नाको अनुसन्धान गरिरहेको जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर