नेभिगेसन मेनु

बिमाको रकम दिने तयारीमा सरकार
सम्पादक:南亚网络电视
समय:2024-06-24 14:59

11212

असार १० गते । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि बिमाका लागि दिनुपर्ने अनुदान रकम दिने तयारीमा सरकार लागेको बताउनुभएको छ । 

उहाँले कृषि मन्त्रालयले माग गरेको ९७ करोड रुपियाँ अर्थ मन्त्रालयबाट स्वीकृत भएर आउनेबित्तिकै त्यो वितरण हुने बताउनुभयो । आइतबार नेपाल पशु चिकित्सा परिषद्को डिजिटल काउन्सिल र पुस्तकालयको उद्घाटन तथा आइएसओ ९००१:२०१५ को लोकार्पण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

चालु आवमा भुक्तानी गर्नुपर्ने तीन अर्बमध्ये एक अर्ब ९३ करोड रुपियाँ भुक्तानी भइसकेको बताउँदै उहाँले त्यसका लागि आफूले सुरुदेखि पहल गरेको बताउनुभयो । अनुदानबापत सरकारले तीन अर्ब रकम दिन बाँकी थियो, त्यसमध्ये एक अर्ब ४५ करोड पाइसकेको र ९७ अर्ब स्वीकृत हुने अवस्थामा रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “४८ करोड रुपियाँ मैले नै भुक्तानी गराएको हुँ ।” 

मन्त्री साहले पशु वा कृषि बिमाबारे आमनागरिकलाई जानकारी नरहेको बताउँदै त्यसका बारेमा सचेतना फैलाउनुपर्ने धारणा राख्नुभयो । कृषि तथा पशुको बिमा हुन्छ भनी धेरैलाई थाहा छैन, त्यसका बारेमा सचेतना फैलाउनुपर्छ । ‘लम्पी स्किन’ रोगका समयमा किसानलाई सहयोग गर्न नसकेको स्वीकार गर्दै उहाँले बिमामा किसानको प्रत्यक्ष पहुँच हुन सकेको छ वा छैन त्यसबारे अनुगमन गरी पहुँच नपुगेको ठाउँमा बिमा कार्यक्रम पु¥याउनुपर्ने बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर