नेभिगेसन मेनु

केरा खेतीबाट मनग्गे आम्दानी
सम्पादक:南亚网络电视
समय:2024-06-23 12:32

kera

असार ९ गते ।  पछिल्लो समय युवा जनशक्तिले देशमा अवसर नदेखेर बिदेसिने क्रम बढ्दो छ तर केही युवा भने मेहनत गरे स्वदेशमा नै स्वरोजगार बन्न सकिन्छ, भन्दै कृषिमा लागेका छन् । 

चितवन कालिकानगर–५ का ३९ वर्षीय निर्मल भट्टराई अहिले केरा खेतीमै स्याहारसुसार गर्दै दिन बिताउनुहुन्छ । नेपाल सरकारको जागिरबाट रिटायर भएपछि उहाँ व्यावसायिक केरा खेतीमा लागेको बताउनुभयो । विगत तीन वर्षदेखि नवलपुरको कावासोती नगरपालिका–१०, रतवलमा व्यावसायिक केरा खेती गर्दै आएका उहाँ सफल व्यवसायी बन्नुभएको छ । अहिले उहाँले व्यावसायिक केरा खेतीबाट नै मनग्गे आम्दानी लिइरहनुभएको छ  ।

स्थायी घर चितवन भए पनि कावासोती–१०, रतवलमा १२ बिघा बाँझो जमिन भाडामा लिएर उहाँले व्यावसायिक केरा खेती सुरु गर्नुभएको हो । छिटो आम्दानी गर्न सकिने, अनुकूल हावापानी र वातावरण, सिँचाइ, बजारको सुविधासमेत रहने भएकाले कावासोतीमा व्यावसायिक केरा खेतीतर्फ लागेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पहिलो वर्ष प्रतिगोटा ४० रुपियाँका दरले सत्र हजार ८५० बिरुवा ल्याएर केरा खेती गरेको थिए । ती बिरुवाले अहिले उत्पादन गरिरहेको छ । प्रतिबिरुवामा २६५ लगानी पर्ने गर्छ, सिँचाइ राम्रो भयो भने आम्दानी धेरै हुने गर्छ । आफूसहित दुई जनालाई रोजगारीसमेत दिएको छु, आवश्यकता अनुसार ज्यालामा थप कामदार राखेर खेती गर्ने सोच रहेको छ ।”

पर्याप्त सिँचाइ नभएकाले थोपा सिँचाइबाट खेती गरेको बताउँदै उहाँले बारीमै आएर भैरहवा, बुटवल र आसपासका व्यापारी प्रतिगोटा सात रुपियाँको दरले काँचो केरा खरिद गर्दै लगिरहेको बताउनुभयो । कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले नवलपुरमा करिब ५५१ हेक्टर क्षेत्रफलमा केरा खेती गरिएको बताउनुभयो । उहाँले समयमा बिउ, मल नपाउनु, व्यावसायिक किसानका लागि आवश्यक अनुदान नहुनु, सिँचाइको समस्या, कामदार नपाउनु जस्ता समस्याले गर्दा पनि किसान केरा खेतीबाट पलायन हुँदै गएको बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर