नेभिगेसन मेनु

सडक कालोपत्रेको तयारी
सम्पादक:南亚网络电视
समय:2024-05-24 11:43

road-sadak

जेठ ११ गते । म्याग्दीको बेनी–दरबाङ सडक आयोजना अन्तर्गत दोस्रो खण्डको सिम–पानाबगर सडक आयोजनामा कालोपत्रेको तयारी थालिएको छ । म्याग्दीको लाइफलाइन मानिने मङ्गला गाउँपालिका–२ स्थित सिमदेखि तोराखेत, बाबियाचौर, लाम्पाटा हुँदै पानाबगरसम्मको सडक कालोपत्रेका लागि बेस बिछ्याइएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत उक्त दोस्रो खण्ड सडक निर्माणको ठेक्का ओमबुद्ध निर्माण सेवा वसुन्धराले लिएको छ । 

अहिले लाम्पाटादेखि पानाबगरसम्मको सडकखण्डमा समेत संरचनाको काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधि डम्बर सापकोटाले बताउनुभयो । सिमदेखि लाम्पाटासम्म कालोपत्रेका लागि आवश्यक उपकरण तयारी अवस्थामा रहेको र लाम्पाटादेखि पानाबगरसम्मको संरचना बनाउने काम भइरहेको बताउनुभयो । ३.८ आठ किलोमिटर सडक कालोपत्रे गर्न २०७८ साल पुस १८ गते १० करोड ७० लाख २१ हजार रुपियाँमा ठेक्का सम्झौता भएको थियो । सडक आठ मिटर फराकिलो बनाएर सात मिटर चौडाइमा डिबिएसडी कालोपत्रे, नाली र पर्खाल निर्माण गरिएको प्रतिनिधि सापकोटाको भनाइ छ । 

वैशाख मसान्तसम्म दोस्रो खण्डको सडक आयोजनाको भौतिक प्रगति ६८ प्रतिशत सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । जिल्लाको मङ्गला, मालिका, धौलागिरि गाउँपालिकाका साथै छिमेकी बागलुङको तमान खोला गाउँपालिका र रकुम जिल्लाका बासिन्दाले समेत प्रयोग गर्ने सडकखण्डलाई मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकका रूपमा समेत अगाडि बढाइएको छ । लामा–समानान्तर जेभीले ४५ करोड रुपियाँमा ठेक्का लिएको बेनी–सिमखण्डको १२ किलोमिटर पाँच सय मिटर सडक कालोपत्रे गरी हस्तान्तरण गरिसकेको छ भने दोस्रो खण्ड पनि आगामी आवभित्रै सकिने अवस्था छ तर तेस्रो खण्ड बिरुवा–क्याराभान जेभीले २०७६ असार ३१ गते २२ करोड ५७ लाख ९३२ रुपियाँमा ठेक्का लिएको मङ्गला गाउँपालिका–२, रनबाङनजिकदेखि दरबाङसम्मको आठ किलोमिटर सडक निर्माणको काम भने सुस्त गतिमा छ ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर