नेभिगेसन मेनु

सरकारको निर्णय कुर्दै एयर अस्त्र
सम्पादक:南亚网络电视
समय:2024-06-16 11:42

Air_Astra_-_S2-STB_-_ATR_72-600_-_VGHS

असार २ गते । बङ्गलादेशी  एयरलाइन्स कम्पनी एयर अस्त्रले ढाका–पोखरा–ढाका उडानका लागि तीव्र तयारी थालेको छ । पोखरामा सिधा उडानको तयारी अनुसार अस्त्रले नेपालका लागि जिएसएमा सोसाइटी इन्टरनेसनल ट्राभललाई नियुक्त गरिसकेको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलले अस्त्रले सातामा चार दिन उडानका लागि कर छुटसहित इच्छा देखाएको हो । 

उहाँले भन्नुभयो, “अस्त्रले पोखरा उडानका लागि भ्याट, इन्धन, टर्नओभर ट्याक्स, ल्यान्डिङ, पार्किङ, नेभिगेसनलगायतका सरकारी शुल्कमा सहुलियतसहितको अनुमति मागेको छ । त्यस्तै उडानका क्रममा नेपाली रुपियाँ र बङ्गलादेशी टाँकाको सटहीमा समेत सहजीकरण गरिदिन सरकारसँग आग्रह गरेकाले उक्त मागबारे अर्थ मन्त्रालय र र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा छलफल भइरहेको छ ।”

हाल बङ्गलादेशसँग काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै उडान गर्न सक्ने सम्झौता छ ।

२०७९ पुस १७ गते उद्‍घाटन भएर सञ्चालनमा आएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म चीनको सिचुवान एयरलाइन्स, भुटानको ड्रुक एयर, नेपालको हिमालय एयरलाइन्स र चिनियाँ जनमुक्ति सेनाका दुई कार्गो विमान गरेर आठ वटा मात्रै अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । उक्त उडानबाट २९६ यात्रुले यात्रा गरेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर