नेभिगेसन मेनु

स्थापनाकालदेखि वडा सचिवविहीन!
सम्पादक:南亚网络电视
समय:2024-05-20 11:56

sachib

जेठ ७ गते  । पुथा उत्तरगङ्गा गाउँपालिकाका सबै वडा सचिवविहीन छन् । गाउँपालिका स्थापनाकालदेखि नै १४ वडा रहेको पुथा उत्तरगङ्गाका सबै वडा सचिवविहीन अवस्थामै छन् । स्थानीय तह कार्यान्वयनमा आएदेखि नै यो गाउँपालिकाका सबै वडामा कहिल्यै निजामती कर्मचारी पूर्ति भएनन् । 

वडा सचिवको जिम्मेवारी अर्थात् पञ्जिकाधिकारीको काम सम्बन्धित वडाका स्थायी स्वास्थ्यकर्मीले धान्दै आइरहेका छन् । गाउँपालिकामा पनि कर्मचारी अभाव छ । वडासहित गाउँपालिकामा ६२ जनाको दरबन्दी छ तर हाल गाउँपालिका कार्यालयमा शाखागत नौ जना मात्रै कर्मचारी छन् भने सबै वडामा सचिव छैनन् । गाउँपालिकाको कृषि शाखामा एक, पशु शाखामा एक, शिक्षा शाखामा एक, प्रशासन शाखामा एक, योजना तथा अनुगमन शाखामा एक, महिला तथा बालबालिका शाखामा एक यसै गरी कम्प्युटर सहायक एक र स्वास्थ्य शाखामा दुई गरी जम्मा गाउँपालिकामा स्थायी कर्मचारी नौ जना मात्र रहेको गाउँपालिकाका सूचना अधिकारी रामप्रसाद खड्काले बताउनुभयो । 

वडासहित गाउँपालिकामा ६२ जनाको दरबन्दी रहेको छ, जसमध्ये २० जनाको पदपूर्ति भएकोमा ४२ दरबन्दी रिक्त रहेको खड्काले बताउनुभयो । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत पनि निमित्त हुनुहुन्छ । झन्डै दुई वर्षयता यहाँको प्रमुख प्रशासकीय अधिकृतको जिम्मा स्वास्थ्य शाखाका प्रमुख समीर गिरीलाई दिइएको छ । कर्मचारी नहुँदा वडादेखि गाउँपालिकासम्मको कामकाज प्रभावित हुँदा सेवाग्राहीलाई सास्ती भइरहेको पुथा उत्तरगङ्गा गाउँपालिका–१४, नाखाका नामेन्द्र सुनारले बताउनुभयो । एउटा वडाको सर्वसाधारण सचिव खोज्दै स्वास्थ्य चौकी भएको ठाउँसम्म पुग्नुपर्दा सास्ती भइरहेको सुनारले बताउनुभयो । दोहोरो जिम्मेवारी हुँदा स्वास्थ्यकर्मीलाई कामको भार थपिएको छ भने स्थानीयलाई वडाका सिफारिस तथा घटना दर्ता काममा साह्रै सास्ती खेप्नु परिरहेको सुनारको भनाइ छ । 

घरनजिकको सरकार भनिए पनि वडा कार्यालयबाट सेवा नपाई स्वास्थ्य चौकीसम्म जानुपर्ने बाध्यता रहेको पुथा उत्तरगङ्गा–१० का विकास बुढामगरले दु:खेसो गर्नुभयो । गाउँपालिका स्थापनाकालदेखि नै कर्मचारीको अभावले गाउँपालिकाको कामकाज प्रभावित भइरहेको गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीमगरले बताउनुभयो ।    

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर