नेभिगेसन मेनु

पाल्पाकाे तिनाउ खोलामा डुबेर तीन भारतीयको मृत्यु
सम्पादक:南亚网络电视
समय:2024-06-11 15:27

1718073282_tinaunadi-1200x560

पाल्पा तिनाउ खोलामा नुहाउने क्रममा ३ दिनमा भारतीय ३ नागरिकको डुबेर मृत्यु भएको छ। तिनाउ गाउँपालिका–३, झुम्सास्थित तिनाउ खोलामा नुहाउने क्रममा डुबेर भारतीय नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार नुहाउने क्रममा एक जना बालकसहित दुई पुरुषको मृत्यु भएको हो। नुहाउने क्रममा डुबेर मृत्यु हुनेमा आइतबार भारतको महाराजगञ्ज बोधहनिथाना बसहियाका २३ वर्षीय मुकुन्द शर्मा, सोमबार भारतकै गोरखपुर खाना सैजन्वा रङ्गौलीग्राम उत्तर प्रदेशका अन्दाजी १५ वर्षीय आर्यन कुमार र यस्तै शनिबार पनि सोही ठाउँमा भारतको कानपुरका ३५ वर्षीय फहीम अहमद रहेका छन्।

गर्मीमा नुहाउन आएका ती नागरिकको दिनहुँ मृत्यु हुँदा पनि सर्तकता अपनाउन कसैले चासो नदिएको र सर्तकता अपनाउनका लागि आफूहरूले सूचना समेत जारी गरेको प्रहरीको भनाइ छ। यो वर्षमा मात्रै त्यहीं डुबेर ६ जनाको ज्यान गएको प्रहरीले बताएको छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर