नेभिगेसन मेनु

गण्डकीमा दुई मन्त्री थप
सम्पादक:南亚网络电视
समय:2024-06-11 15:14

IMG_9887

जेठ २९ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मङ्गलबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री पाण्डेको सिफारिसमा सांसद राजीव गुरुङ भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था र सांसद फणीन्द्र देवकोटा ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री बन्नुभएको छ ।

उहाँहरू दुवैलाई मङ्गलबार प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । गुरुङ छैटौँ पटक मन्त्री बन्नुभएको हो भने देवकोटा पहिलो पटक मन्त्री बन्नुभएको हो । मनाङबाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी गुरुङ गण्डकीका सबैजसो सरकारका मन्त्री बन्नुभएको छ ।

देवकोटा गोरखा क्षेत्र नम्बर २ (१) बाट निर्वाचित सांसद हुनुहुन्छ । नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टीका नेता देवकोटालाई माओवादी केन्द्रले कारबाहीअघि बढाएको छ ।

सोमबार माओवादी केन्द्र संसदीय दलको ह्विप उल्लङ्घन गरी देवकोटाले पाण्डे सरकारलाई मत दिनुभएको छ थियो । ६० सदस्यीय गण्डकी प्रदेश सभामा विपक्षी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाहेक सबै सांसदको समर्थन जुटाएर पाण्डेले विश्वासको मत पाउनुभएको थियो । 

सर्वोच्च अदालतको परमादेशबाट जेठ १६ गते सदनको सबैभन्दा ठुलो दलको संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त हुनुभएका पाण्डे नेतृत्वले अझै दुई मन्त्रालय आफैँसँग राख्नुभएको छ । विश्वासको मत दिएको राप्रपा सरकारमा आएपछि मन्त्रिमण्डल पूर्ण हुने कांग्रेस प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर