नेभिगेसन मेनु

ग्रामीण सडक प्राथमिकतामा
सम्पादक:南亚网络电视
समय:2024-06-10 11:56

sadak-kalopatre

जेठ २८ गते  । तानसेनका स्थानीय तहले ग्रामीण भेगका सडक स्तरोन्नति गर्ने काम थालेका छन् । स्थानीय तहहरूले प्रदेश र सङ्घीय सरकारसँगको सहकार्यमा ग्रामीण क्षेत्रका सडक स्तरोन्नति गर्न थालेका हुन् । 

जिल्लाको रैनादेवी छहरा गाउँपाालिका र बगनासकाली गाउँपालिकाले ग्रामीण भेगका सडकलाई बाह्रै महिना सञ्चालन गर्न सकिने गरी सडक स्तरोन्नतिको काम थालेका हुन् ।  

जिल्लाको पश्चिम भेगमा रहेको रैनादेवी छहरा गाउँपालिकाले चालु आव २०८०/८१ मा गाउँपालिकाको गौरवको आयोजना अन्तर्गत सडक कालोपत्रे गर्ने काम अगाडि बढाएको छ । रैनादेवी छहराले गौरवको आयोजना अन्तर्गत छहरा–धजाबान्ने–तानसिङ्गल–सातमुरे सडक कालोपत्रे सुरु गरेको हो । यो वर्ष चार करोड दुई लाख ७८ हजार रुपियाँमा डेढ किलोमिटर सडक कालोपत्रेको काम अगाडि बढाइएको छ । चालु आवमा गाउँपालिकाको ५० र सङ्घीय सरकारको ५० प्रतिशत लागतमा सडक स्तरोन्नति गरिएको गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले जानकारी दिनुभयो । ग्रामीण भेगका सडक हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने समस्या समाधान गर्न कालोपत्रे गरिएको उहाँले बताउनुभयो । 

सडक कालोपत्रे गरेपछि रैनादेवी छहराका वडा नं. ४, ३, २ र १ का बासिन्दालाई हिउँद र बर्खामा यात्रा गर्न सहज हुने छ । यस्तै अर्घाखाँची जाने यात्रुका लागि पनि बाटो सहज हुने गाउँपालिकाका उपाध्यक्ष युवराज थापाले बताउनुभयो । सडक कालोपत्रे गरेपछि पालिकाभित्रका चार वटा वडाका बासिन्दालाई पालिकाको केन्द्रसम्म आउन जान सहज हुने उहाँले बताउनुभयो । 

गाउँपालिकाले यही बाटोलाई आगामी आवमा पनि प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएको छ । पालिकाको मुख्य र सहायक मार्ग वर्गीकरण गरी सडक स्तरोन्नति गर्ने काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । सडक निर्माणका लागि यसअघि नै फराकिलो बनाई नाली र पर्खाल निर्माण गरिएको छ । हाल सो क्षेत्रमा प्राइम कोट, बिटुमिन र चिप्स राखेर दुई चरणमा कालोपत्रे गर्ने काम भइरहेको छ । 

चालु आवमा बगनासकाली गाउँपालिकाले समेत झन्डै चार किलोमिटर सडक कालोपत्रे र ढलान गरेको छ । गाउँपालिकाले लुम्बिनी प्रदेश सरकार र सङ्घीय सरकारसँग मिलेर सडक स्तरोन्नति गर्ने कार्य गरिरहेको जनाएको छ । 

बगनासकालीले यो वर्ष सडक स्तरोन्नतिका लागि चार करोड २० लाख रुपियाँ खर्च गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले जानकारी दिनुभयो । बगनासकालीका नौवटै वडाका विभिन्न सडकको घुम्ती, उकालो तथा अप्ठ्यारो स्थानमा ढलान गरिएको छ  । यस्तै यो वर्षदेखि मुख्य सडकमा कालोपत्रे गरेर सडक स्तरोन्नतिको काम अगाडि बढाएको जनाइएको छ ।    

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर