नेभिगेसन मेनु

आठ महिनामै बन्यो पक्की पुल
सम्पादक:南亚网络电视
समय:2024-06-09 11:45

sdfbdcb

जेठ २७ गते । झिमरुक गाउँपालिकाको गोब्दी खोला पुल सम्झौता तोकिएको मितिभन्दा चार महिना अघि सम्पन्न भयो । आँसु÷जानकी÷बजरंगी जे.भी.ले पुल निर्माण गर्न २०८० असार १७ गते सम्झौता गरी काम अघि बढाएको थियो । २० मिटर लम्बाई र १० मिटर चौडाइ रहेको पुल निर्माण सम्पन्न गर्न २०८१ असार १७ गतेसम्म रहेको थियो । तर कम्पनीले ४ महिना अघि नै पुल निर्माण सम्पन्न गरेको हो ।

“फागुनमै सम्पन्न भएर गाडी गुडेको थियो,” निर्माण व्यवसायी बालाजु श्रेष्ठले भन्नुभयो,“समयभन्दा चार महिना पहिले नै सकियो ।” निर्माण कार्य सम्पन्न भए पनि रकम भुक्तानी नपाएको श्रेष्ठले बताउनुभयो ।

सडक पूर्वाधार विकास कार्यालय मार्फत उक्त पुल निर्माण भएको हो । ४ करोड ७९ लाख १५ हजार ९४३ रुपियाँमा ठेक्का सम्झौता भएको कार्यालय प्रमुख चन्द्र बहादुर शाहले बताउनुभयो । कार्यालयमा बजेट नहुँदा भुक्तानी दिन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । तोकिएको मितिभन्दा पहिले निर्माण कार्य सक्ने कम्पनीलाई कार्यालयले सम्मान गर्ने योजना बनाएको उहाँले बताउनुभयो ।

निर्माण व्यवसायी महासङ्घका केन्द्रीय सदस्य समेत रहनुभएका श्रेष्ठको कम्पनीले गोब्दीको पक्की पुल मात्र होइन भवन र सिँचाइ कुलो समेत तोकिएको समयभन्दा पहिले सम्पन्न गरेको उदाहरण छन् । मल्लरानी गाउँपालिकाको रस्पुरकोटमा एक वर्ष पहिले नै विकासे सिँचाइ कुलो निर्माण सम्पन्न भएको थियो । झिमरुक गाउँपालिकाको तुषारामा डेढ वर्ष पहिले काउले सिँचाइ कुलो निर्माण गरेको व्यवसायी श्रेष्ठले बताउनुभयो ।

प्युठान नगरपालिकामा नौकुलो सिँचाइ योजना डेढ वर्ष अघि नै सम्पन्न भएको थियो । उक्त काम जलस्रोत तथा सिँचाइ डिभिजन मार्फत भएको श्रेष्ठले जानकारी दिनुभयो । सरुमारानी गाउँपालिकाको बांगेशाल स्वास्थ्य चौकी ६ महिना अघि निर्माण सम्पन्न गरेर सरकारबाट बोनस समेत प्राप्त गरेको श्रेष्ठ बताउनुहुन्छ । “बांगेशाल स्वास्थ्य चौकी बनाउँदा ११ लाख रुपियाँ बोनस प्राप्त भएको थियो,” उहाँले भन्नुभयो, “अरू योजनाबाट बोनस पाएको छैन ।”

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर