नेभिगेसन मेनु

सुनको मूल्य घट्यो
सम्पादक:南亚网络电视
समय:2024-05-03 15:17

_gold

वैशाख  २१ गते ।  स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु. एक हजार एक सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु. एक लाख ३६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु. एक लाख ३५ हजार चार सय निर्धारण भएको छ । 

यस्तै, तेजाबी सुन बिहीबार तोलामा रु. एक लाख ३५ हजार आठ सय ५० मा कारोबार भएकामा आजका लागि भने रु. एक लाख ३४ हजार सात सय ५० निर्धारण भएको छ । चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन । बिहीबार जस्तै आजका लागि भने चाँदीको मूल्य तोलामा रु. एक हजार छ सय ४५ निर्धारण भएको छ । रासस

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर