नेभिगेसन मेनु

प्रधानमन्त्रीसँग यूएनका सहायक महासचिवको भेट
सम्पादक:南亚网络电视
समय:2024-05-03 12:12

bhet_cn46Ntkyz2

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवं संयक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को एसिया तथा प्रशान्त क्षेत्र हेर्ने क्षेत्रीय निर्देशक कान्नी विङ्नाराजाले भेट गरेकी छन् । 

आज दिउँसो सिंहदरबारमा भेटवार्ता भएको हो । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.रुपक सापकोटाका अनुसार भेटका क्रममा नेपाल र युएनडिपीसँगको सहकार्यका विविध विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनबाट नेपालमा परेको असर न्यूनीकरणमा  युएनडिपीको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । विङ्नाराजाले नेपालले आयोजना गरेको लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिँदै नेपाल–युनडिपीबीचको सहकार्यलाई अझ विस्तार गर्दै लैजानुपर्नेमा जोड दिएको बुझिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर