नेभिगेसन मेनु

चीनले बनायो नेपालको घाँस किन्ने योजना, गत सोमबार गर्यो हस्ताक्षर
सम्पादक:南亚网络电视
समय:2024-04-30 13:51

1

हस्ताक्षर पछि नेपाली तथा चिनियाँ अतिथिहरु सँगै खिचिएको एउटा सामूहिक तस्बिर। फोटो: विशाल श्रेष्ठ,  एस् ए टी भी। 

एस् ए टि भी, काठमडौं, वैशाख १७: नेपालस्थित नेपाल क्राउन एग्रीकल्चरल इन्रटरप्राइजेज र चीनको तिब्बतस्थित प्लेटो ब्लु कम्पनीवीच विशेष पोषीलो घास हेइलेज व्यापारको सहमति पत्रमा हस्ताक्षर भएको छ। नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायण काजी श्रेष्ठको प्रमुख आतिथ्यमा सोमबार काठमाण्डौंको मेरियट होटलमा भएको एक समारोहमा दुई देशका कम्पनीहरु बीच सहमति भएको हो।

चितवन र नुवाकोटमा उत्पादित हेइलेज नेपाल क्राउन एग्रिकल्चरल इन्टरप्राइजेजमार्फत् तिब्बतको प्लेटो ब्लु कम्पनीले खरिद गर्ने त्यसका साथै प्लेटो ब्लु कम्पनीबाट नेपालको न्यु होप नेपाल कम्पनीले पशु आहार (दाना) खरिद गर्ने र न्यु होप नेपाल कम्पनीले नेपाल ग्रास कम्पनीलाई जैविक मल उपलब्ध गराउने जस्ता कृषिमैत्री सहमतिमा हस्ताक्षर गरिएको हो।

3

तिब्बतको लामो हिउँदमा पशुलाई हरियो पौष्टिक आहारको कमी हुने गर्दछ। चौंरी, याक, घोडा लगायत अन्य जनावर पालनमा पर्ने यस्को प्रतक्ष प्रभाव रोकथाम गर्नका लागि दुई देशका कम्पनी बीच घास खरिद गर्ने सहमति भएको हो। यस सहमतिले नेपाली कृषकहरुमाझ नेपालको विशेष पोषिलो घास हेइलेजलाई चीन हुदै विश्व बजारमा प्रवेश गराउने सुनौलो अवसर प्रधान गरेको छ।

4

"यस आदानप्रदान ले नेपालको व्यापारघाटा कम गर्न, आर्थिक विकास अगाडि बढाउन र चीनको आवश्यकतालाई पनि केही हद सम्म पूर्ति गर्न मद्दत गर्ने छ" भन्ने कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित गृह मन्त्री नारायण काजी श्रेष्ठकाे भनाई छ। विकास प्रतिको प्रतिबद्धता देखाउँदै उहाँ भन्नुहुन्छ, "यसका निम्ति हामी सबै प्रतिबद्ध भएर अगाडि बढौ र यस प्रकारका अन्य संस्थाहरु पनी अगाडि आएर यसको व्यापारिक अन्तर्क्रिया तथा लेनदेनमा आफ्नो भूमिका निर्वाह गर्नुहोला"।

कार्यक्रममामा नेपालका लागि चिनियाँ राजदूत छन सोङ र भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको विशेष अथित्य थियो भने, नेपालमा रहेका चिनियाँ व्यवसायीहरु, नेपाली बैंकर्स, तथा सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो।

उक्त कार्यमा नेपालका विभिन्न निकाय तथा तिब्बतको वाणिज्य विभागले सहजीकरण गरेको चिनियाँ व्यवसायी चाङ चिन्स्याङ्गले बताए । उनका अनुसार यसनिम्ति तिब्बत प्लेटो अग्रिकल्चर कम्पनीले तिब्बतको कृषि तथा ग्रामीण मामिला विभागबाट सन् २०२३ डिसेम्बरमा व्यावसायिक निर्देशन प्राप्त गरिसकेको छ ।

6

यस महत्वपूर्ण कदमले नेपालमा सञ्चालित लगानी सम्मेलनले सकारात्मक प्रभाव देखाएको र दुई देशको मित्रवत सम्बन्ध कायम राख्न टेवा पुर्याएको उपस्थित अतिथिले अनुमान लगाएका छन्। कार्यक्रममा नेपालमा उत्पादित घाँसलाई तिब्बतसम्म लैजाने प्रक्रियाबारे जानकारीमूलक भिडियो सामाग्री समेत प्रस्तुत गरिएको थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर