नेभिगेसन मेनु

चल्यो तातो हावा, बढ्यो गर्मी
सम्पादक:南亚网络电视
समय:2024-04-24 11:56

Nepalganja-bazar-Photo

वैशाख १२ गते  । चर्को गर्मी र तातो हावाका कारण बाँके जिल्लाको नेपालगन्ज बजारको जनजीवन कष्टकर बन्दै गएको छ । दिउँसो १२ बजेपछि बेलुका ५ बजेसम्म अत्यधिक गर्मी र तातो हावा चल्ने गरेको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय इन्चार्ज मीना शिवाकोटीका अनुसार सोमबार दिउँसो २:३० बजेको नेपालगन्जको अधिकतम तापक्रम ३८.४ डिग्री सेल्सियस मापन गरिएको छ । 

त्यसै गरी आइतबार नेपालगन्जको अधितम तापक्रम ३८.४ डिग्री सेल्सियस, शनिबार ४०.७ डिग्री सेल्सियस मापन भएको फिल्ड इन्चार्ज शिवाकोटीले जानकारी दिनुभयो । मौसम पूर्वानुमान महाशाखाले नेपालगन्जलगायत तराईका विभिन्न भूभागमा पाँच दिनसम्म तातो हावा चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । 

तातो हावाको असरबाट बच्न आवश्यक सतर्कता अपनाउनका लागि सर्वसाधारणमा अनुरोध गरिएको महाशाखाले जनाएको छ । विगत केही दिनयता देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ । लुम्बिनी तथा मधेश प्रदेशको तराई भूभागका केही स्थानमा विगत दुई दिनदेखि तथा सुदूरपश्चिम प्रदेशको तराईका भूभागमा विगत एक दिनदेखि अधिकम तापक्रम ४० डिग्री सेल्सियस र सोभन्दा बढी मापन भएको महाशाखाले जनाएको छ ।

आगामी केही दिनसम्म तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहेको महाशाखाले जनाएको छ । सो महाशाखाका अनुसार वैशाख १० देखि वैशाख १४ सम्म पाँच दिनको समयमा तराईका भूभागका केही स्थानमा तातो हावाको सम्भावना रहेको छ । तातो हावाबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुन सक्ने देखिएकाले सोबाट बच्न विभिन्न उपाय अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

तातो हावाबाट बच्न गर्मी समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, पानी तथा झोलिलो पदार्थ प्रशस्त मात्रामा सेवन गर्ने, स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न महाशाखाले अनुरोध गरेको छ ।

अत्यधिक गर्मी हुने नेपालगन्जमा विगत केही दिनयता तापक्रममा उतारचढाव हुने गरेको छ । दिउँसोको समयमा चल्ने सुक्खा तातो हावाका कारण जनजीवन प्रभावित बन्दै गएको छ । चर्को गर्मी र तातो हावाका कारण दैनिक ज्याला मजदुरी गरेर हातमुख जोड्ने वर्गलाई धेरै प्रभाव परेको छ । दैनिक रूपमा ठेला चलाउने, रिक्सा चलाउने तथा अन्य ज्यालादारी गर्ने मजदुरलाई समस्या परेको हो । 

चर्को गर्मी र तातो हावाका कारण सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि पातलिएको छ । अत्यावश्यक काम भएका सेवाग्राही मात्र कार्यालयमा आउने गरेका छन् । भेरी अस्पतालमा पनि बिरामीको चाप बढेको छ ।

दिउँसोको समयमा सुनसान जस्तो देखिने नेपालगन्जको बजार साँझको समयमा भने भिडभाड हुने गरेको छ । बजारका विभिन्न चोक तथा पसलमा काँक्रो, तरबुजा, खरबुजा, लस्सी, आइसक्रिम, कुल्फी तथा चिसो पेय पदार्थ सेवन गर्ने सर्वसाधारणको सङ्ख्या उल्लेख्य देखिन्छ ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर