नेभिगेसन मेनु

नेपालगन्जको तापक्रम ४० डिग्री, जनजीवन प्रभावित
सम्पादक:南亚网络电视
समय:2024-04-22 15:13

sdhb

वैशाख १० गते । नेपालगन्जमा केही दिनदेखि बढ्दै गइरहेको चर्को गर्मी र दिउँसोको समयमा चल्ने सुख्खा तातो हावाका कारण जनजीवन प्रभावित बनेको छ । यहाँको तापक्रम अधिकतम तापक्रम ४० डिग्री पुगेपछि बाहिर निस्कन र हिँडडुल गर्न समस्या भएको हो ।

चर्को गर्मी र तातो हावाका कारण दैनिक ज्याला मजदुरी गरेर हातमुख जोड्ने वर्गलाई धेरै प्रभाव परेको छ । दैनिक रूपमा ठेला चलाउने, रिक्सा चलाउने तथा अन्य ज्यालादारी गर्ने मजदुरहरूलाई समस्या परेको हो । दिउँसोको तातो हावाका कारण मानिसहरू घरबाट बाहिर निस्किने गरेका छैनन् । अत्यावश्यक काममा हिँड्ने मानिसबाहेक सडकमा भिडभाड देखिँदैन । दिउँसोमा नेपालगन्जको सडक सुनसान जस्तो देखिन्छ । 

त्यसै गरी ग्रामीण क्षेत्रतिर पनि स्थानीयले खेतबारीको काम साँझ र बिहान गर्ने गरेका छन् । तातो हावा ग्रामीण भेगमा पनि चल्दा त्यहाँका स्थानीय पनि यसको मारमा परेका छन् । खेतबारीमा पाकेको गहुँ स्थानीयले साँझ र बिहानको समयमा काट्ने गरेका छन् ।

दिउँसोको समयमा सुनसान जस्तो देखिने नेपालगन्जको बजार साँझको समयमा भने भिडभाड हुने गरेको छ । साँझको समयमा विभिन्न चोक तथा पसलहरूमा काँक्रो, तर्भुज, खर्भुज, लस्सी, आइसक्रिम, कुल्फी तथा चिसो पेय पदार्थहरू सेवन गर्ने सर्वसाधारणको सङ्ख्या उल्लेख्य देखिन्छ ।

केही दिनदेखि नेपालगन्जमा तातो हावा चले पनि यसलाई ‘लु’ भने भन्न नमिल्ने बताउनुहुन्छ जल तथा मौसमविज्ञान विभाग फिल्ड कार्यालय नेपालगन्जका फिल्ड इन्चार्ज मिना सिवाकोटी । “केही दिन यता तातो हावा चल्न सुरु गरेको छ, तातो हावाका कारण जनजीवन कष्टकर हुँदै गएको छ तर यसलाई ‘लु’ भन्न मिल्दैन ।” उहाँले भन्नुभयो, “दुई तीन दिनसम्म तापक्रम एउटै रेसियोमा हुनुपर्‍य ाे ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम हुनुपर्‍य ाे अनिमात्र त्यसलाई ‘लु’ भन्न सकिन्छ ।”

उहाँका अनुसार आइतबार नेपालगन्जको अधिकतम तापक्रम ३८ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको थियो । शनिवार नेपालगन्जको अधिकतम तापक्रम ४० दशमलव ७ डिग्री सेल्सियस मापन भएको थियो । तापक्रम बढ्ने तथा घट्ने क्रममा देखिन्छ । अझै एक हप्तासम्म पानी पर्ने सम्भावना छैन । नेपालगन्जमा चर्को गर्मी र तातो हावाबाट जनजीवन अझै धेरै कष्टकर बन्ने देखिन्छ ।

चर्को गर्मी र तातो हावाका कारण सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि पातलिएको छ । अत्यावश्यक काम भएका सेवाग्राहीहरू मात्र कार्यालयहरूमा आउने गरेका छन् । “केही दिनदेखि बढेको गर्मी र तातो हावाका कारण कार्यालयहरूमा आउने सेवाग्राहीको सङ्ख्या पातलिएको छ ।” बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले भन्नुभयो, “अत्यावश्यक काममा आउने सेवाग्राहीहरू मात्र सेवा लिन आउने गरेका छन्, ।”

चर्को गर्मी र तातो हावाका कारण बिरामी हुनेको सङ्ख्या पनि बढेको छ । पछिल्ला केही दिनदेखि भेरी अस्पतालमा उपचारका लागि आउने बिरामीको चाप बढेको बताउनुहुन्छ भेरी अस्पतालका सूचना अधिकारी एवम् वरिष्ठ फिजिसियन डा.सङ्केत रिसाल । “विशेष किसिमको कर्ण मिसिएको धुलो उडिरहेको छ, यसले गर्दा दम, फोक्सो, छाला, पेटसम्बन्धीका बिरामीहरूको चाप ह्वात्तै बढेको छ ।” डा. रिसालले भन्नुभयो, “खाना नपच्ने, पखाला, छालालगायतका बिरामीहरू धेरै देखिएका छन् ।”

तातो हावाले सामान्य मानिसलाई पनि असर गर्ने तर बढी मात्रामा कोभिड भएकाहरू, दम र फोक्सोका बिरामीहरूलाई बढी असर गरेको उहाँले बताउनुभयो । ज्येष्ठ नागरिक, बालबालिका तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरूलाई बढी प्रभाव पर्ने भएको हुँदा यसबाट उहाँहरूलाई बचाउनका लागि रेखदेख तथा स्याहारसुसारमा ध्यान दिनुपर्ने र अत्यावश्यक बाहेकका काममा घरबाहिर ननिस्कने, निस्किनै परे पुरै शरीर ढाक्ने कपडा लगाउने, मास्कको प्रयोग गर्ने, पानी तथा झोलिलो पदार्थहरू प्रशस्त मात्रामा पिउनुपर्ने डा. रिसालको भनाइ छ ।

दिउँसो १२ बजेपछि बेलुका लगभग ५ बजेसम्मको समयमा नेपालगन्जमा अत्यधिक चर्को गर्मी हुने र सुख्खा तातो हावा चल्ने गरेको छ । चर्को गर्मी र सुख्खा तातो हावाका कारण नेपालगन्जको जनजीवन कष्टकर बन्दै गएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर