नेभिगेसन मेनु

सप्तरीमा दुईजना फरार प्रतिवादी पक्राउ
सम्पादक:南亚网络电视
समय:2026-04-08 13:25

 

 20260316_151038

कल्याणपुर (सप्तरी), चैत २५ गते । फैसला कार्यान्वयनको क्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न मुद्दामा सजाय सुनाइएपछि फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा राजगढ गाउँपालिका वडा नम्बर १ का ओमप्रकाश यादव र राजविराज नगरपालिका वडा नम्बर १ का नागेन्द्र प्रसाद साह रहनुभएको हो ।

यादवलाई लेनदेन विगो मुद्दामा अदालतले दुई लाख रुपियाँ जरिवाना तोकेको थियो । जरिवाना तिर्न नसकेमा ६ महिना कैद सजाय भोग्नुपर्ने फैसला रहेको प्रहरीले जनाएको छ।

यस्तै साहलाई बैंकिङ्ग कसूर मुद्दामा आठ लाख ७५ हजार रुपियाँ जरिवाना तथा पाँच दिन कैद सजाय तोकेएको थियो। प्रहरीले दुवै जनालाई पक्राउ गरी मङ्गलबार सप्तरी जिल्ला अदालतमा दाखिला गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर