नेभिगेसन मेनु

चार वटा प्लास्टिक उद्योगलाई जरिबाना
सम्पादक:南亚网络电视
समय:2026-01-08 12:38

 

 1764039140_udhyog

काठमाडौँ, पुस २४ गते । वाणिज्य, आपूर्ति तथा उभपोक्ता संरक्षण विभागको अनुगमन टोली बुधबार काठमाडौँ र ललितपुरका चार वटा प्लास्टिक उद्योगलाई जरिबाना गरेको छ । 

विभागको अनुगमन टोली दर्ता वा नवीकरण नभई वा तोकेको मापदण्डभन्दा कम गुणस्तरको प्लास्टिकको झोला बिक्री गरेको कसुरमा चार प्लास्टिक उद्योगलाई जरिबाना गरेको हो । विभागले मङ्गलबार पनि दुई त्यस्तै उद्योगलाई जरिबाना गरेको थियो ।

विभागका अनुसार काठमाडौँको प्रशन्ना प्लास्टिक उद्योग, विन्दवासिनी प्लास्टिक उद्योग, रामकृष्ण प्लास्टिक उद्योगलाई दुई/दुई लाख रुपियाँका दरले जरिबाना गरेको छ भने सङ्घाई प्लास्टिक उद्योगलाई ५० हजार रुपियाँ जरिबाना गरेको छ । विभागका निर्देशक भरतप्रसाद आचार्यले उपत्यकामा सञ्चालित प्लास्टिक उद्योगको अनुगमनका व्रmममा न्यूनतम मापदण्ड पूरा नगरेको उद्योगलाई कसुरका आधारमा जरिबाना गरेको जानकारी दिनुुभयो । यस्तै विभागले जरिबानामा परेका चार उद्योगसहित १४ वटा प्लास्टिक उद्योगको अनुगमन गरेर ४० माइव्रmोनभन्दा कमका प्लास्टिक झोला बिव्रmीवितरण नगर्न निर्देशनसमेत दिएको छ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर