नेभिगेसन मेनु

चार महिनामा थपियो ५५ अर्ब ३६ करोड सार्वजनिक ऋण
सम्पादक:南亚网络电视
समय:2025-11-26 12:39

 

 gold--1

काठमाडौँ, मङ्सिर १० गते । स्थानीय बजारमा मङ्गलबार सुनको मूल्य तोलामा पाँच हजार दुई सय रुपियाँले बढेको छ । सोमबार प्रतितोलामा दुई लाख ४२ हजार सात सय रुपियाँमा कारोबार भएको सुनको मूल्य बढेर मङ्गलबार दुई लाख ४७ हजार नौ सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । मङ्गलबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुनको मूल्य बढेर चार हजार १४६ अमेरिकी डलर पुगेको छ । यसअघि असोज ३१ गते दुई लाख ५८ हजार पुगेको सुनको मूल्य घटेर दुई लाख ३६ हजारसम्म झरेको थियो । त्यसपछि बढ्दै फेरि दुई लाख ५० हजारनजिक पुगेको छ ।

सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले अमेरिकी फेडरल रिजर्भ बैङ्कले आगामी डिसेम्बरमा ०.२५ प्रतिशतले ब्याजदर घटाउने हल्लाले सुनको मूल्य बढ्न गएको जानकारी दिनुभयो । यस्तै फ्रान्सले युक्रेनलाई युद्ध सामग्री दिने सम्झौता गरेकाले पनि सुनको मूल्य बढ्न गएको उहाँको भनाइ छ । 

पछिल्लो केही सातायता सुनको मूल्यमा घटबढ आइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा अस्थिर भई आर्थिक गतिविधि चलायमान नहुँदा लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य बढ्न गएको उहाँको भनाइ छ । मङ्सिर महिना बिहेको सिजन भए पनि बजारमा माग न्यून हुँदा कारोबार भने बढ्न नसकेको शाक्यले बताउनुभयो । सुनको मूल्य निरन्तर बढ्दै गएको र उपभोक्ताको क्रयशक्ति न्यून हुँदा लगनको सिजन भए पनि सुनको कारोबार बढ्न नसकेको उहाँको भनाइ छ । 

विगतका वर्षमा मङ्सिरमा मात्रै दैनिक ४० देखि ४५ किलो बिक्री हुने गरेकोमा अहिले दैनिक १० किलोदेखि १५ किलो मात्र बिक्री हुने गरेको व्यवसायी बताउँछन् । बजारमा माग न्यून नहुँदा बैङ्कबाट सुन उठन सकेको छैन । दैनिक २५ केजीका दरले सुनको आयातको कोटा निर्धारण गरे पनि बजारमा माग कम हुँदा बैङ्कले पर्याप्त मात्रामा सुन ल्याउन सकेका छैनन् । यस्तै चाँदीको मूल्य मङ्गलबार तोलामा ८५ रुपियाँ बढेर तीन हजार दुई सय रुपियाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।   

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर