नेभिगेसन मेनु

काष्ठमण्डप डाइलगः नेपालमा बिआरआईको उपयोगिता तथा यसले नेपालको आर्थिक तथा समग्र विकासमा पुर्‍याउने योगदानका बारे चर्चा
सम्पादक:南亚网络电视
समय:2025-03-15 19:55

IMG_4946

एस् ए टी भी ०२ चैत्र,काठमाडौँः नेपालमा बिआरआईको उपयोगिता तथा यसले नेपालको आर्थिक तथा समग्र विकासमा पुर्‍याउने योगदानका बारे चर्चा र विचार विमर्श गर्ने उद्देश्यका साथ शान्ति, विकास तथा समाजवाद प्रतिष्ठान(एफ् पी डी एस)को आयोजनामा तथा नेपाल-चीन एक्सचेन्ज फोरमको सहायतामा काठमाडौँमा,'विचार जोड्दै, भविष्यलाई आकार दिँदै' नारा सहित काष्ठमण्डप डाइलग सिरिज १ 'द बिआरआई मिट्स नेपाल: नेपाल चीन सहकार्यको समृद्ध भविष्य' प्रारम्भ भएको छ।

IMG_4621

दुई दिने यस सेमिनारको पहिलो दिन आज एफ पी डी एसका अध्यक्ष डा. बि.के.मान सिंहको अध्यक्षता, प्रतिनिधि सभा अध्यक्ष देवराज घिमिरेको प्रमुख आतिथ्य तथा नेपाल स्थित चिनियाँ राजदूतावासका महामहिम राजदूत छन् सोङ, पूर्व प्रधानमन्त्री तथा नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालको उपस्थिति रहेको थियो।

IMG_4637

बिआरआईका विभिन्न आयामहरूमा छलफल भएको कार्यक्रमको पहिलो दिन दुई सत्रमा बाँडिएको थियो भने विभिन्न विशिष्ट व्यक्तिहरूले आफ्नो बहुमूल्य प्रस्तुति दिएका थिए।

IMG_4847

कार्यक्रममा बोल्ने क्रममा प्रतिनिधि सभा अध्यक्ष देवराज घिमिरेले नेपाल चीनबिचको मित्रता सदियौँ सम्म रहेको र यसलाई बिआरआईको कार्यान्वयनले नयाँ आयाम दिने बताए। उनले बिआरआई चिनियाँ स्वार्थ भन्दा पनि नेपाल तथा यस सङ्ग सम्बन्धित देशहरूको मुहार फेर्न प्रयोग हुने अचुक औषधी जस्तो रहेको बताए। "यसले चीनलाई मात्रै फाइदा हुने होइन न कि नेपाललाई मात्रै" उनले भने यसले समग्र दक्षिण एसिया तथा बिआरआई सङ्ग सम्बन्धित देशहरूलाई प्रत्यक्ष सहयोग पुग्ने उनले बताए। नेपाल- चीन सहकार्यका नयाँ आयामहरू खोज्ने उद्देश्यले भएको कार्यक्रमका आयोजकलाई धन्यवाद दिँदै सफलताको शुभकामना पनि दिए।

IMG_4726

नेपालका लागि चिनियाँ राजदूतावासका महामहिम राजदूत छन् सोङले नेपालीमा बिआरआई चीनको स्वार्थको रूपमा रहेको बताउँदै यसलाई त्यसरी हेर्न नहुने बताए। नेपालको विकास तथा समृद्धिका लागि चीन लागि परिरहेको बताउँदै उनले बिआरआई त्यही सहयोग तथा लगानीको एउटा बलियो सिलसिला रहेको बताए। यस बिआरआई सम्झौताले नेपाल चीन सहकार्यलाई नयाँ ढोका दिनेमा उनको विश्वास छ र यस बहस कार्यक्रमले नेपाली जनतामा रहेको बिआरआई प्रतिको भ्रम हटाउन मदत गर्ने पनि उनको उनको विश्वास रहेको छ।

IMG_4787

पूर्व प्रधानमन्त्री तथा नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालले चीन तथा नेपालका विद्वानहरूलाई स्वागत गर्दै यस बहसले बिआरआई प्रतिको धारणामा जस्तो प्रकारको भ्रम छ त्यो निवारण गर्न सहयोग गर्नेमा आशा व्यक्त गरे। अहिले देखि नभएर बिआरआई धेरै अगाडीको रेसम सडकको अवधारणा रहेको बताउँदै उनले यसको सही सञ्चालन र कार्यान्वयनले नेपालको समृद्धि तर्फको यात्रामा सहजता ल्याउने बताए।

IMG_5146

IMG_4959

IMG_5135

IMG_5070

IMG_5057

IMG_5028

IMG_4992

अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता विषयमा विज्ञ विभिन्न वक्ताहरूले चीनले सुरु गरेको बिआरआईले ट्रान्स हिमालय सम्बन्ध तथा दुई देश बिचको जीत-जीतको अवधारणा लाई प्रस्ट पार्ने प्रयास गरेका थिए।

IMG_5110

IMG_4832

IMG_4804

समग्रमा प्रायः विज्ञहरूले बिआरआईलाई अतिशिघ्र कार्यान्वयनमा ल्याएर प्रविधि तथा अन्य क्षेत्रमा चीनले प्राप्त गरेको उपलब्धिलाई उपयोग गरी नेपालको समृद्धिमा लगानी लगाउन सके छिटो समृद्धि प्राप्त हुने तथा दुई देश बिचको सम्बन्ध पनि अझै बलियो हुँदै जानेमा विश्वास व्यक्त गरे।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर