नेभिगेसन मेनु

‘खच्चड मरे म ऋणमा डुब्ने भएँ’
सम्पादक:南亚网络电视
समय:2024-06-12 11:44

c-

जेठ ३० गते । अछामको भाटगाउँका जीवन रोकामगरको मोबाइलमा आइतबार फोन आयो । घरमा खाना खाने तयारी गरिरहेका जीवनले फोनबाटै आफ्ना सबै खच्चड पुलमा दुर्घटनामा परेको खबर पाउनुभयो । थालमा पस्केको खाना खान नपाउँदै उहाँ दुर्घटनास्थलतिर दगुर्नु प¥यो । 

अछामको पञ्चदेवल विनायक नगरपालिका र दैलेखको आठबिस नगरपालिका जोड्ने झोलुङ्गे पुलमा दुर्घटना हुँदा उहाँका खच्चड अड्किएका थिए । त्यो खबरसँगै उहाँ एकाएक छाँगाबाट खसे जस्तै हुनुभयो । पारिपट्टि दैलेख र कालीकोटका अग्ला पहाडबाहेक जीवनको आँखामा अरू केही नदेखिएको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “एकैछिनमा मेरा सबै सपना चुँडिए । मन रोयो ।”

जीवनको घर भाटगाउँबाट करिब तीन घण्टाको ओरालो पैदल बाटोमा त्यो पुल थियो । केही बेरमा उहाँलाई दुई खच्चड मरेको र बचेको एउटा खच्चड पनि गम्भीर घाइते भएको खबर पुग्यो । प्रहरीसँग स्थलगत मुचुल्का बनाइमाग्न उहाँले हारगुहार गर्नुभयो । त्यही समयमा भेटिएका जीवनले खच्चड मर्दाको पीडा गोरखापत्रकर्मीलाई सुनाउनुभयो । 

एक वर्षपहिले छिमेकीसँग दुई लाख रुपियाँ ऋण लिएर किनेका दुई वटा खच्चड र तीन वर्षपहिले कालीकोटबाट किनेर ल्याएको एउटा खच्चडमार्फत सामान ढुवानी गरिरहेका जीवनका दुई वटा खच्चड कर्णाली नदीमाथिको पुलमै मरेपछि अहिले उहाँमा ऋणको चिन्ता बढेको छ । खच्चडबाटै आम्दानी गरेर ऋण तिर्ने जीवनको सपना चकनाचुर भएको छ । अब उहाँसँग न खच्चड रहे, न त ऋण तिर्ने अन्य उपाय । उहाँ भन्नुहुन्छ, “ऋण काढेर किनेको खच्चड रहेन । मसँग त ऋण र चिन्ता मात्रै रह्यो ।”

कर्णाली नदीबाट छ घण्टाको पैदल दुरीमा रहेको भाटगाउँमा खुद्रा पसल सञ्चालन गरिरहेका जीवनको खाद्यान्न बोक्ने खच्चड नै नभएपछि पसल नै बन्द हुने भएको छ । यस्तै बर्सातको समयमा माथिल्लो कालेकाडा क्षेत्रमा नुन, तेल, खाद्यान्न र औषधी आपूर्ति गर्न पनि कठिनाइ हुने भएको छ । जीवनलाई अहिले खच्चड किन्दा लागेको ऋण तिर्न सबैको सहयोगको खाँचो छ । खच्चडको बिमासमेत नभएकाले उहाँलाई मात्र दुई लाख रुपियाँभन्दा बढीको क्षति भएको छ ।    

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर