नेभिगेसन मेनु

कोशी प्रदेशमा सडक निर्माण सुस्त
सम्पादक:南亚网络电视
समय:2024-06-11 15:07

23

जेठ २९ गते । कोशी प्रदेश सरकार गठन भएपछि आर्थिक वर्ष २०७५/०७६ मा ठेक्का लागेका सडक अझै निर्माण हुन सकेकने छैन । तत्कालिन मुख्यमन्त्री शेरधन राईले २०७६ मङ्सिर २३ गते मोरङको पथरीबाट जाँते हुँदै ज्यामिरे जोड्ने १९ किमी लम्बाइको सडक धुमधामका साथ शिलान्यास गर्नुभयो ।

शिलान्यास भएको दिन मुख्यमन्त्री राईले तीन वर्षमा सडक निर्माण सम्पन्न गर्ने योजना भए पनि दुई वर्षमा नै सकेर आफँैले उद्घाटन गर्ने बताउनुभएको थियो । तर चार वर्ष ६ महिना बितिसक्दा पनि १९ किलोेमिटर लम्बाइको सडक निर्माण सम्पन्न भएको छैन । लेटाङको ज्यामिरेबाट जाँते हुँदै पथरीमा पूर्व पश्चिम राजमार्गलाई क्रस गरेर डाइनियाँ हुँदै भारतसँग जाड्ने यो सडक उत्तरी मोरङको व्यापार प्रवर्द्धनका लागि महत्वकाङ्क्षी गौरवको आयोजना रहेको थियो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी अयुष जोशीका   अनुसार यो सडक २०७८ असोज ११ गते सम्पन्न गरी हस्तान्तरण गरिसक्नु पर्ने थियो । तर सडकका रुख नहटाएको निर्माण क्षेत्रको दायाँबायाँ खालि नगरिदिएको कारण पूर्वनिर्धारित समयमा सडक बन्न सकेन ।

सडक कालोपत्रे गर्ने जिम्मा लिएको श्रेष्ठ कन्ट्रक्सनले कालोपत्रे गर्ने जिम्मा विनिता श्री निर्माण कम्पनीलाई दियो । विनिता श्रीले काम तीव्र रुपमा गरिरहेको थियो । तर जङ्गलको दायाँबायाँका रुख र सडकको बिचमा पर्ने रुख हटाउन लामो समय कुर्नु परेपछि हालसम्म ११ किलोमिटर काम मात्र सम्पन्न भएको छ । सडक ५४ करोड ४८ लाख ४५ हजार १२५ रुपियाँ ९६ पैसाको ठेक्का लागेको हो । कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास कार्यालयले हालसम्म २५ करोड २१ लाख ७१ हजार रुपियाँ निर्माण कम्पनीलाई दिइसकेको छ । पुन म्याद थप गरी २०८० असार २८ गते सडक कालापत्रे गरीसक्नु पर्ने सम्झौता थियो । तर उक्त मिति गुज्रिसक्दा पनि  निर्माण कम्पनीले ८ किमी सडक निर्माण प्रक्रिया अझै थालेको छैन । लेटाङ–८ का वडाध्यक्ष भीमप्रसाद पोख्रेलले भन्नुभयो, ‘‘सडकमा पर्ने २११ वटा रुखमध्ये सडकको बिचमा ठडएिका ३ वटा रुख मात्र काटिएको छ । अरु २०८ रुख काटिएको छैन । साइट खालि नगरेसम्म ठेकदारले काम अघि बढाउँदैनन ।’’

भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी अयुष जोशीले भन्नुभयो, ‘‘योजना सम्पन्न भएपछि २९ करोड २६ लाख ७३ हजार रुपियाँ भुक्तान दिनुपर्ने हुन्छ । हालसम्म ४२ दशमलव २८ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।’’   

प्रदेश सरकारले आव २०७५÷२०७६ सालमा कोशी प्रदेश भरी ७२ वटा सडकलाई बहुवर्षीय योजना अन्र्तगत समावेस गरेको थियो । सोही आयोजनाअन्तर्गत पथरी–जाँते–ज्यामिरे सडकखण्ड पनि समावेश भएको हो । जसअन्तर्गत मोरङमा मात्र १४ वटा सडक रहेका छन् । मोरङको २२ किमी लम्बाइको बिराटचौक–घिनाघाट–विराटनगर सडक निर्माण सम्पन्न भएको देखिएपनि १० किमी सडक मात्र हस्तान्तरण भएको छ ।

सूचना अधिकृत जोशीले तीन वटा निर्माण कम्पनीले काम गरेका थिए । दुईवटाले काम सम्पन्न गरेका छैनन । त्यस्तै किसान चोक आइतबारे–रवि सडक ९७ दशमलव ५० प्रतिशत प्रगति भएको छ । उक्त आयोजनालाई मन्त्रालयले एक करोड ६७ लाख ९८ हजार रुपियाँ दिनुपर्ने छ । यसैगरी सोही सडकको किसान चौक मिक्लु खोला खण्डमा २१ दशमलव ६६ प्रतिशत मात्र काम भएको छ । उक्त आयोजनाका लागि सरकारी दायित्व २१ करोड ७५ लाख १८ हजार रुपियाँ रहेको छ ।

यस्तै मोरङका दाम्राभिट्टा–उल्लुघुटु सडक, गिरिजाप्रसाद कोइराला सडक, बवियाविर्ता रञ्जनी हुँदै काजिमान चौक–फार्साडाँगी–गान्धीआश्रम सडक, मोतिपुर शुक्रबारे –गिदनिया सडक, दर्वेशादेखि धनपाल पुटानी चौक जोड्ने सडक, राम लक्ष्मण मार्ग, विराटनगर–जोगवनी बोर्डर सडक, भाउन्ने आमतोला सडक, लेटाङ–६ नं. बुधबारे सडक, बुढीगङ्गा गाउँपालिका हुँदै पुष्पलाल चौक जोड्ने सडक र कटहरी गापा ५ रिङ्रोड पश्चिमबाट खोरिया महेशपुर हुँदै कृषि बजार जोड्ने सडक निर्माणको सूचीमा छन् । बजेटको सुनिश्चितता नभई टेण्डर लागेका सडकको काम कछुवाको गति भइरहेको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको तथ्याङ्क अनुसार सुनसरीमा १०, झापामा १२, इलाम, भोजपुरमा ६/६, पाँचथरमा४, तेह्रथुम, संखुवासभामा दुई/दुई धनकुटा, सोलुखुम्बु, ओखलढुङ्गा, ताप्लेजुङमा र उदयपुरमा तीन/तीन वटा र खोटाङमा एउटा सडकलाई वहुवर्षीय सडक आयोजनामा राखेको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर