नेभिगेसन मेनु

धान उत्पादन वृद्धि हुने अनुमान
सम्पादक:南亚网络电视
समय:2024-06-10 15:32

nark

जेठ २८ गते । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकले वर्षाका कारण यस पटक धान उत्पादनमा वृद्धि हुने अनुमान गरेका छन् ।  आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ । पर्याप्त पानी पर्‍यो भने धानको उत्पादनमा वृद्धि हुने धानका वैज्ञानिक रामवरण यादवले बताउनुभयो । धान खेतीका लागि २५ सय मिलिलिटर पानी आवश्यक पर्ने गरेको बताउँदै उहाँले कतिपय ठाउँमा क्षेत्रमा औसत करिब नौ सय मिलिलिटर पानी पर्छ तर १५ सय मिलिलिटरभन्दा बढी पानी पर्‍यो भने धानका लागि राम्रो हुने गरेको बताउनुभयो । 

औषतमा १५ सय मिलिलिटर पानी बढी पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्रमुख डा. ध्रुवराज भट्टराईले विभिन्न रिपोर्ट हेर्दा यस पटकको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने भएकाले धान उत्पादनमा वृद्धि हुने अनुमान गर्न 

सकिने बताउनुभयो । तर सबैतिर एकैनासको पानी नपर्ने भएकाले कतै खडेरी र कतै धान उत्पादन हुने सम्भावना देखिएको बताउनुभयो । नेपालमा कहिल्यै पनि एकनासले पानी परेको छैन, कतै धेरै पानी त कतै सुक्खा हुने गरेको देखिएको छ तर यस पटक औसतमा सबैतिर राम्रै पानी पर्ने अनुमान गरिएको उहाँले बताउनुभयो । सुदूरपश्चिम प्रदेशको उत्तरीपश्चिम भूभाग, बागमती प्रदेशको दक्षिणपूर्वी भूभाग, मधेश प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्यपश्चिम भूभागमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरिएको उहाँले बताउनुभयो ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर