नेभिगेसन मेनु

मोलुङ खोलामा पुल बन्दा स्थानीय हर्षित
सम्पादक:南亚网络电视
समय:2024-06-08 15:07

अहिले

ओखलढुङ्गा, जेठ २६ गते । जिल्लाको सुनकोशी गाउँपालिका–४ संसादोभान र मानेभञ्ज्याङ गाउँपालिका–८ काभ्रेटार जोड्ने गरी मोलुङ खोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।

वर्षौँदेखि स्थानीयले पुलको अभावमा भाग्दै आएको समस्याको समाधान भएको काभ्रेटारका स्थानीय नवराज राईले बताउनुभयो ।

“बालबालिका विद्यालय जान, अत्यावश्यक सामानका लागि बजार तथा अन्यत्र जान जीर्ण पुल तर्नुको विकल्प थिएन ।” राईले भन्नुभयो “कलिला बालबालिका, गर्भवती तथा वृद्धवृद्धालाई खोला वारिपारि गर्न समस्या थियो । कोही बिरामी परे अस्पताल लैजान समेत समस्या हुने गरेको थियो । अब पुल निर्माणसँगै सहज भएको छ ।”

सङ्घीय सरकार, स्थानीय सरकार, सुनकोशी गाउँपालिका, सामाजिक तथा प्राविधिक सहयोग साहस नेपाल र स्थानीयको लागत गरी ४९ लाख ९२ हजार १२५ रुपियाँ ६७ पैसा लागतमा ९५ मिटर लामो झोलुङ्गे पुल बनेको हो ।

सुनकोशी गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारीको प्रमुख आतिथ्यतामा नव निर्मित पुलको उद्घाटन गरिएको छ । काभ्रेटारबासीको एक समयको दुःखको अन्त्य भएको उपाध्यक्ष अधिकारीले बताउनुभयो । उद्घाटन कार्यक्रममा साहस नेपालका कार्यकारी निर्देशन डा.सुरेन्द्र श्रेष्ठले पुलको सुरक्षा र स्याहार गर्न सुझाव दिनुभएको छ ।

काभ्रेटारका स्थानीयले २०७० सालमा खोला तर्न आफ्नै खर्चमा फलामको लठ्ठा र काठ खरिद गरी पुल बनाएका थिए । २०७५ सालमा मोलुङ खोलामा आएको बाढीले बगाएर बाँकी रहेको दुई तीन वटा फलामको लठ्ठाको भरमा खोला वारपार गर्ने गर्ने गरेका थिए । पुल बन्दा असाध्यै हर्ष लागेको कमला राईले बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर