नेभिगेसन मेनु

रुखले च्यापेर बालिकाको मृत्यु, पुन बेपत्ता
सम्पादक:南亚网络电视
समय:2024-06-06 11:49

dsfgjhnesfgj

जेठ २४ गते । हावाहुरीले ढलेको रुखले च्यापेर टीकापुर नगरपालिका–१ विशालनगरकी १५ वर्षीया प्याउरी विकको मृत्यु भएको छ । 

बुधवार राति ८ बजेतिर फुपूको घरबाट फर्किँदै गरेकी प्याउरीलाई आफ्नो घर नपुग्दै बाटैमा रुख ढलेर च्यापेको प्रत्यक्षदर्शी कर विकले जानकारी दिनुभयो । विक जनकल्याण आधारभूत विद्यालय लायकपुरमा कक्षा ७ मा पढ्दै हुनुहुन्थ्यो । उहाँको शव पोस्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ । बालिकाका बुबा कर्ण विक घुम्ती व्यापारमा जानु भएको छ ।  

टीकापुर बहुमुखी क्याम्पसको जग्गामा भूमिहीन, सुकुम्वासीका रूपमा बसेका  विशाल नगर, गणेशपुर, एकता नगर लगायतका शिविरमा बर्सेनि रुख ढलेर घर च्यापिने, मान्छेहरू घाइते हुने र मान्छेको ज्यान जाने घटना भइरहेका छन् । जङ्गल क्षेत्रमा बसेका मानिसहरूले रुख सुकाउन र दाउराका लागि फेद ताछने गरेका छन् । पुराना र फेद ताछिएका रुखहरू ढल्ने र रुखको जरामा घर बनाएर बसेकाहरू च्यापिने गरेका छन् । 

सोही टोलमा जेठ २१ गते सोमबार राति आएको हावाहुरीले रुख ढलेर घर च्यापिदा ७० वर्षका दलूँ पुरीको ज्यान गएको थियो । पुरानो वन भएकाले रुख वन कार्यालयको मातहतमा छ भने जग्गा टीकापुर विकास समितिको नाममा छ यहाँ कैलालीका विभिन्न ठाउँहरू, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाबाट सुकुम्वासीका रूपमा आएर बसेका पाँच हजार परिवार भन्दा धेरै बसोवासी छन् ।  वडाध्यक्ष मोहन विक यहाँका शिविरका मानिसको ज्यानको सुरक्षा चुनौतीपूर्ण रहेको बताउनु हुन्छ । 

यस्तै प्युठानको स्वर्गद्वारी नगरपालिका–१ जिमरीका धनबहादुर पुनको कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता हुनु भएको छ । जेठ २३ गते बुधवार साँझ पौने पाँच बजेतिर पुन नुहाउन कर्णाली नदीमा पसेपछि डुबेर बेपत्ता हुनु भएको हो । ४१ वर्षका पुन मोहन्याल गाउँपालिका–४ स्थित मोहन्याल सामुदायिक वनमा सल्लाको खोटो निकाल्ने काम गर्दै आउनु भएको थियो । इलाका प्रहरी कार्यालय पण्डौनबाट प्रहरी सहायक निरीक्षक धनबहादुर खड्काको नेतृत्वमा प्रहरी टोली खोजतलासमा खटिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर