नेभिगेसन मेनु

काठमाडौँका ४७३ निजी विद्यालयबाट १८ हजार विद्यार्थीलाई छात्रवृत्ति
सम्पादक:南亚网络电视
समय:2024-06-06 11:44

asgbadsf (1)

जेठ २४ गते । काठमाडौँका ४७३ निजी विद्यालयले १८ हजार ४२२ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनु पर्ने भएको छ । काठमाडौँ महानगरपालिका भित्र रहेका संस्थागत विद्यालयहरुले कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूका लागि कम्तीमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनु पर्ने भएको छ । 

काठमाडौँ महानगरपालिकाले बिहीबार विद्यालयको नाम र छात्रवृत्ति उपलब्ध गराउनु पर्ने विद्यार्थी सङ्ख्या सहितको सूचना प्रकाशन गरेको छ । अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५, शिक्षा नियमावली, २०५०, काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ तथा काठमाडौँ महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली, २०७४ अनुसार काठमाडौँ महानगरपालिका भित्र सञ्चालित सबै संस्थागत विद्यालयले कम्तीमा १० प्रतिशत छात्रवृत्ति रीतपूर्वक वितरण गर्नुपर्ने व्यवस्था लागु गर्न महानगरले पहल सुरु गरेको छ । 

हालसम्म अन्य क्षेत्रमा यो व्यवस्था लागु हुन सकेका छैन । निजी विद्यालयहरूले विद्यार्थी माथि चर्को सुल्क मात्र सङ्कलन गर्ने तर छात्रवृत्ति भने नदिने गरेको महानगरको अनुगमनले देखाएको छ । केही विद्यालयले भने प्रक्रिया विना नै आफन्त र आफूखुसी मन खुसी पाराले छात्रवृत्ति उपलब्ध गराउने गरेको समेत पाइएको छ । गरिब जेहेन्दार र अध्यनशिल विद्यार्थीका लागि यो छात्रवृत्ति उपलब्ध गराउनु पर्ने महानगरले जनाएको छ । 

यो व्यवस्था कार्यान्वयन गराउन पटक पटक अनुरोध गरेपछि जेठ २३ गते सम्ममा देहायका ४७३ संस्थागत विद्यालयहरूले विवरण उपलब्ध गराएका सूचनामा उल्लेख गरेको छ । 

यसै साथ अन्य छात्रवृत्ति विवरण पेस हुन बाँकी रहेका विद्यालयहरूले तीन दिन भित्र कार्यालयमा विवरण उपलब्ध गराउन सूचित गरेको छ । विवरण उपलब्ध नगराउने विद्यालयलाई कारबाही गर्ने र कुनै जोखिम या असर परे त्यसको जबाफदेहिता विद्यालय स्वयंले व्यहोर्नु पर्ने महानगरले जनाएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर