नेभिगेसन मेनु

राष्ट्रिय ललितकला प्रदर्शनीमा सिर्जना चोरीको आरोप
सम्पादक:南亚网络电视
समय:2024-06-04 12:44

kt_Up5VoXPlTj

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा जारी यस वर्षको ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ मा अर्काले खिचेको तस्बिरको पेन्टिङ राखेको पाइएको छ । फोटो पत्रकार नवीनबाबु गुरुङले आफूले खिचेको तस्बिर नक्कल गरेर बनाइएको पेन्टिङ बिक्रीमा राखिएको भन्दै प्रतिष्ठानमा उजुरी दर्ता गराइएको छ ।

सन् २०१५ को सोनाम ल्होसारमा आफूले कैद गरेको तस्बिरको हुबहु स्केच गरेर बिक्रीमा राखिनु सिर्जनात्मक चोरी भएको गुरुङको दाबी छ । प्रदर्शनीमा राखिएको उक्त तस्बिर कलाकार यादवचन्द्र भुर्तेलको सिर्जना भनिएको छ । जसको मूल्य एक लाख नौ हजार नौ सय ९९ तोकिएको छ । 

तर अर्काको सिर्जना चोरेर आफ्नो कला भन्दै बेच्न नपाइने गुरुङले बताएका छन् । उनले प्रदर्शनीबाट तत्काल उक्त तस्बिर हटाउन प्रतिष्ठानलाई आग्रह समेत गरेका छन् । 

दर्ता गराइएको निवेदनमा लेखिएको छ, ‘मद्वारा एक दशकअघि कैद गरिएको तस्बिर कलाकार यादवचन्द्र भुर्तेलले हुबुहु कपि गरी आफ्नो सिर्जना भनी बिक्रिमा राखेको हुँदा नेपाल सरकारको प्रचलित कानुन बमोजिम प्रतिलिपि अधिकारको रक्षा गर्दै उक्त चित्र तुरुन्त हटाई कारवाही र क्षतिपूर्ती दिलाउन हार्दिक अनुरोध गर्दछु ।’

प्रदर्शनीमा यो वर्ष ४८२ जना कलाकारका ५२२ वटा कलाकृति समावेश गरिएको छ । प्रदर्शनी जेठ ३० गतेसम्म चल्नेछ ।

 
#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर