नेभिगेसन मेनु

फिक्कलमा पन्ध्र शय्याको अस्पताल
सम्पादक:南亚网络电视
समय:2024-06-02 11:39

Untitled-1 (1)

जेठ २० गते  । फिक्कल गाउँपालिका–३, चनौटेमा १५ शय्याको अस्पताल निर्माण भएको छ । सङ्घीय सरकारको १० करोड रुपियाँ सहयोगमा २०७७ साल असारदेखि निर्माण सुरु गरिएको उक्त अस्पतालको निर्माण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

उक्त गाउँपालिकाको छ वटै वडामा स्वास्थ्य चौकी मात्रै रहेकाले १५ श-याको अस्पताल निर्माण गरिएको हो । गाउँपालिकाका अनुसार दुई वर्षभित्र निर्माण सम्पन्न गर्न गौरीमाई कन्स्ट्रक्सनले भवन निर्माणको जिम्मा लिएको हो । विभिन्न कारण देखाउँदै निर्धारित समयमा नै सम्पन्न हुन नसकेपछि भवन निर्माण गर्न पटक पटक म्याद थप गरिएको थियो । 

निर्माण कम्पनीले अस्पताल हस्तान्तरण गर्न बाँकी रहेको र अब चाँडै नै चिकित्सक, प्रयोगशालासहित अन्य दक्ष जनशक्तिको व्यवस्थापन गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले जानकारी दिनुभयो ।

उहाँले अस्पताल निर्माणपछि महाभारत क्षेत्रका बासिन्दाको स्वास्थ्य सेवामा महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो । जिल्लाका स्थानीय तहले नागरिकलाई स्थानीय स्तरमा नै आधारभूत स्वास्थ्य सेवा दिन १५ शय्याको अस्पताल निर्माण सुरु गरेका हुन् । यस जिल्लाका नौ वटा पालिकामध्ये मरिण गाउँपालिका, गोलन्जोर गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल धमाधम निर्माण भइरहेको छ । 

सुनकोशी गाउँपालिकामा जग्गा विवादका कारण दुई वर्षदेखि रोकिएको १५ शय्याको आधारभूत अस्पताल भवन निर्माण प्रव्रिmयामा छ । घ्याङलेख गाउँपालिका–३, सोलाभन्ज्याङमा डिपिआर भएको वर्ष दिन बितिसक्दा पनि अस्पताल भवन निर्माणको काम अगाडि बढ्न सकेको छैन ।

जग्गा विवादका कारण रोकिएको भवन निर्माण कार्य चाँडै सुल्झाएर अगाडि बढाइने गाउँपालिका अध्यक्ष जगत्बहादुर भोलनले जानकारी दिनुभयो । दुधौली नगरपालिका र तीनपाट गाउँपालिकाले १५ शय्याको अस्पताल सञ्चालनमा ल्याइसकेका छन् । कमलामाई नगरपालिकास्थित जिल्ला अस्पताल सिन्धुलीमा भने विशेषज्ञ सेवासहित ५० शय्या सञ्चालन भइरहेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर