नेभिगेसन मेनु

गर्मीमा विद्युत अनियमितताले सर्वसाधारणलाई सास्ती
सम्पादक:南亚网络电视
समय:2024-05-19 14:13

electricity (1)

खजुरा, जेठ ६ गते । देशकै अत्यधिक गर्मी हुने मध्येको एक नेपालगन्जमा दैनिक विद्युत आपूर्ति अनियमितता हुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । नेपालगन्जमा दैनिक बढ्दै गइरहेको गर्मीमा विद्युत अनियमितता हुँदा स्थानीयले सास्ती भोगिरहेका हुन् । 

४२ डिग्री माथिको चर्को गर्मी खेपिरहेका स्थानीयले विद्युत कार्यालयले नियमित रूपमा विद्युत आपूर्ति नगर्दा र झ्यापझ्याप बत्ती काट्ने समस्या छ । नेपालगन्जका स्थानीयहरूले विद्युत कार्यालयले चर्को गर्मीमा पनि विद्युत नियमित आपूर्ति नगरेको भन्दै चर्को विरोध जनाइरहेका छन् । अत्यधिक गर्मीका साथै तातो हावाबाट पीडित बनेका नेपालगन्जबासीहरुले विद्युत कार्यालयले नियमितरुपमा विद्युत आपूर्ति गर्नुपर्ने माग राखेका छन् ।

नेपालगन्जका युवा हरित अभियन्ता हेमन्तराज काफ्लेले विद्युत कार्यालयले अति नै गरेको बताउनुभयो । उहाँले यस्तो चर्को गर्मीमा पनि नियमित विद्युत आपूर्ति नगरेर जनतालाई अत्यन्तै पीडा दिएको र तत्काल विद्युत समस्या समाधान गरी नियमित आपूर्ति गर्न आग्रह गर्नुभयो ।

“त्यसैपनि यस्तो गर्मीमा हामी नागरिकहरू पीडामै छौँ, त्यसमाथि विद्युतले आफ्नो मनलाग्दी बत्ती काटेर हैरान पारेको छ, रातीमा सुत्नै नसक्ने अवस्था छ, रातीमा ढिलासम्म सुत्न नपाउँदा बिहान अबेरसम्म सुत्नुपर्दा दैनिक कामकाजमा पनि असर पुगेको छ ।” उहाँले भन्नुभयो ।

नेपालगन्जको विद्युत समस्या समाधान गर्न विद्युत कार्यालयले अत्यन्तै गम्भीर भएर लाग्नुपर्ने उहाँको भनाइ छ । “सम्पर्क गर्दा फोन उठ्दैन, उठिहाल्यो भनेपनि मर्मत सम्भार हुँदैछ भन्ने उत्तर आउँछ ।” काफ्लेले भन्नुभयो, “विद्युत कार्यालय पूर्वतयारीमा कत्ति गम्भीर देखिएन, मर्मत सम्भारलगायतका अन्य कार्यहरू त हिउँले सिजनमा गर्नुपर्ने नि ?, यस्तो गर्मीमा विद्युत अनियमित हुनु अत्यन्तै दुःखद हो ।”

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष चिरञ्जीवी वलीले दैनिक घण्टौँसम्म अघोषितरुपमा लोडसेडिङ गरेर बिहानदेखि रातीसम्म पटक-पटक लाइन काटिँदा उद्योगी, व्यवसायी तथा सर्वसाधारणले सास्ती खेपिरहनुपरेको बताउनुभयो ।

“बिना जानकारी १०-१० मिनेटमा लाइन काटेको छ, कार्यालय प्रमुखको फोन रेस्पोन्स छैन, कार्यालयका अन्य नम्बरहरू सबै व्यस्त छ, नेपालगन्जको चर्को गर्मीमा यसरी जनता कसरी बाँच्ने हो ?” उपाध्यक्ष वलीले भन्नुभयो ।

नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका सहायक प्रबन्धक ई.जगन्नाथ लामिछानेले अन्य दिनभन्दा शनिबार नेपालगन्जको तापक्रम उच्च भएका कारण विद्युत आपूर्ति व्यवस्थापनमा समस्या आएको बताउनुभयो । उहाँले अत्यधिक गर्मीका कारण विद्युत माग बढ्न जाँदा ट्रान्समिसन लाइन तथा सबस्टेसन ट्रान्सफर्मरमा लोड म्यानेज गर्नका लागि शनिबार दिउँसो केही समयका लागि विद्युत आपूर्तिमा समस्या आएको जानकारी दिनुभयो । उहाँले रातीको समयमा भने करेन्ट ट्रान्सफर्मर पड्किँदा झण्डै सवा घण्टा विद्युत अवरुद्ध हुन पुगेको बताउनुभयो । त्यसपछि भने १०-१० मिनेटको समयमा बत्ती आउने जाने गरेको समस्या यहाँबाट नभई राष्ट्रिय प्रसारण लाइनबाटै हुने गरेको जानकारी दिनुभयो। 

विद्युत भोल्टेज १३२ केभी प्रसारण हुनुपर्नेमा शनिबार ११५ केभी भोल्टेज मात्र भएको उहाँले जानकारी दिनुभयो । भोल्टेज घटेपछि विद्युतीय उपकरणले बढी करेन्ट तान्ने र ओभरलोड हुन गई उपकरण तथा वितरण गरिएका तारमा समेत क्षति हुने गरेको उहाँको भनाइ छ ।

मुख्यतः नेपालगन्जको भन्दा पनि राष्ट्रिय प्रसारणको प्रणालीमै समस्याका कारण विद्युत अनियमितता हुँदै आएको र समस्या समाधानका लागि आफूभन्दा माथिका निकायमा जानकारीसमेत गराइएको सहायक प्रबन्धक ई. लामिछानेले बताउनुभयो । उहाँले नियमित विद्युत आपूर्तिका लागि कोसिस गरिरहेको बताउनुभयो । शनिवार नेपालगन्जको अधिकतम तापक्रम यस वर्षकै उच्च ४२ दशमलव ६ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विभाग फिल्ड कार्यालय नेपालगन्जे जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर