नेभिगेसन मेनु

बजेट अभावमा पनि तटबन्ध जारी
सम्पादक:南亚网络电视
समय:2024-05-04 11:56

Untitled-1-Recovered (2)

वैशाख २२ गते । बजेट अभावको बिच नारायणी नदी नियन्त्रणका लागि तटबन्धको काम भइरहेको छ । नारायणी नदी व्यवस्थापन कार्यालयका प्रमुख मनोहरकुमार साहले चालु आर्थिक वर्ष २०८०/८१ मा बजेट निकासामा समस्या हुँदै आएको तर पनि कामलाई निरन्तरता दिएको जानकारी दिनुभयो । आव २०७९/८० को बजेट आव सकिन लाग्दा दिइएको छ । चालु आवका लागि ४२ करोड रुपियाँ निर्माण कम्पनीलाई दिनुपर्ने छ तर सरकारबाट प्राप्त भएको छैन, कार्यालय प्रमुख साहले बताउनुभयो । 

निर्माण कम्पनीलाई अनुनय विनय गरेर काम लगाउनु परेको उहाँ बताउनुहुन्छ । साहका अनुसार वर्षा लाग्ने समय भइसकेको छ, निर्माण कार्य रोकिएमा भएको काममा क्षति हुन्छ । चालु आवमा बजेट समयमा निकासा नहुँदा ज्यादै कठिन अवस्थाबाट गुज्रनु परेको छ । ४२ करोड रुपियाँ दिनुपर्ने छ, फाइल अगाडि बढेको छ तर पैसा आएको छैन । 

नारायणी नदीको पुलबाट दक्षिण मेघौली गोलाघाटसम्म निर्माण कार्य भइरहेको तटबन्धमा बजेटकै अभाव भएको हो । स्रोत सुनिश्चित भएको तर निर्माण कार्यका लागि बजेट निकासा नभएका कारण समयमा काम सम्पन्न हुन नसक्ने देखिएको छ । तटबन्धका लागि आवश्यक सामग्री पाउन कठिन हुने, सामग्री जुटाएर काम गर्दा बजेट नपाउने समस्या परेको कार्यालय प्रमुख साहले बताउनुभयो । “कम्पनीसँग भएको पैसाले अहिलेसम्म काम लगाइएको छ । ठुलो लगानी गर्न समस्या छ,” उहाँले भन्नुभयो, “त्यसको असर काममा ढिलाइ हुन जान्छ ।”

चालु आवभरि नै निर्माणको काम गर्न कठिनाइ भएको कार्यालयले जनाएको छ । नारायणी नदीको पुलबाट दक्षिण चितवनतर्फ पाँच वटा ठेक्का, नवलपरासीतर्फ पाँच वटा ठेक्का, माडीको रिउखोला र देवघाटमा एक एक गरी १२ वटा प्याकेजको काम नारायणी नदी व्यवस्थापन कार्यालयले गर्दै आएको छ ।  चितवनतर्फ ४०ः९९ र नवलपरासीतर्फ १९ः०३ प्रतिशत काम सम्पन्न भइसकेको छ । तटबन्ध निर्माणमा आवश्यक पर्ने जग्गा प्राप्तिका लागि मुआब्जाको प्रावधान नरहेका कारण निःशुल्क जग्गा प्राप्त गर्न समस्या हुने गरेको प्रमुख साहले बताउनुभयो । तटबन्धनको कार्य छिटो सम्पन्न गर्न दबाब दिन र प्र्रगतिबारे भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले स्थलगत निरीक्षणसमेत गर्नुभएको छ ।

लगानी र प्रगति

नारायणी नदीको रामघाटदेखि काभ्रेघाट पाँच किलोमिटर क्षेत्रका लागि एक अर्ब १५ करोड रुपियाँमा ठेक्का सम्झौता भएकोमा ५० प्रतिशत काम सम्पन्न भएको छ । नारायणगढ बजारबाट पाँच किलोमिटर दक्षिणमा रहेको यो भाग तीन वर्षभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । त्यस्तै मदन भण्डारीको शव भेटिएको स्थान गाजीपुरदेखि हिरापुरसम्म पाँच किलोमिटर लम्बाइको यो तटबन्धका लागि ४८ करोड रुपियाँमा ठेक्का सम्झौता भएकोमा ६० प्रतिशत काम सम्पन्न भएको छ ।  

सिसैदेखि बालुवासम्मको साढे पाँच किलोमिटर लम्बाइको यो तटबन्धका लागि ३७ करोड रुपियाँको ठेक्का सम्झौता भएकोमा प्रगति १० प्रतिशत मात्र रहेको कार्यालयले जानकारी दिएको छ । बालुवादेखि गोलाघाट, नारायणी र राप्ती नदीको सङ्गमस्थल क्षेत्रमा साढे दुई किलोमिटर तटबन्धका लागि २६ करोड रुपियाँमा ठेक्का सम्झौता भएकोमा ५० प्रतिशत काम सम्पन्न भएको छ । 

पाँच वटा ठेक्का सम्झौतामध्ये नारायणी नदीको पुलबाट उत्तरतर्फको सी बिच मोडलको ६४० मिटर लम्बाइको तटबन्ध कार्य गत वर्ष सम्पन्न भएको थियो । समयमा बजेट निकासा हुन नसकेमा म्याद थप्नुपर्ने र लागतसमेत वृद्धि हुँदै जाने छ । 

विभिन्न प्याकेजमा काम भइराखेको यहाँ ग्याबिन जालीसहित कङ्व्रिmट प्लेट राख्ने, ठुला ढुङ्गा राख्ने, गिट्टीको ड्याम निर्माण गर्नेलगायतका काम भएको कार्यालयका सूचना अधिकारी शेखरनाथ न्यौपानले जानकारी दिनुभयो । निकुञ्ज क्षेत्रमा निर्माण गर्नुपर्ने भएकाले कानुनी प्रक्रिया पूरा गरेर काम गर्न समस्या हुने गरेको कार्यालयले जानकारी दिएको छ । समयमा काम नसकिएपछि ठेक्काको म्याद थपका लागि प्रविmया अगाडि बढाइने उहाँले जानकारी दिनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर