नेभिगेसन मेनु

देशमा निर्णायक शक्ति आवश्यक छ : अध्यक्ष ओली
सम्पादक:南亚网络电视
समय:2024-04-25 12:09

oli

वैशाख १२ गते  । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अबको मुख्य विषय गरिबी निवारणको विषय भएको बताउनुभएको छ । बुधबार इलामको चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले देशको गरिबी निवारणका लागि अब निर्णायक शक्ति आवश्यक भएको बताउनुभयो । 

एमाले अध्यक्ष समेत रहनुभएका ओलीले एमाले सरकारमा हुँदा नौं लाख मान्छेलाई गरिबीको रेखाबाट माथि उठाइएको दावी गर्नुभयो । अहिले ती मान्छेहरुलाई पुनः गरिबीमै झारिएको उहाँको भनाइ छ । 

अध्यक्ष ओलीले विगत स्मरण गर्नुहुँदै भन्नुभयो, ‘२०४८ तिर चुनाव लड्दा कम्युनिष्टले बुढाबुढी मार्छन् भन्थे, त्यो झुठो प्रचार चिर्न निकै समय लाग्यो । कम्युनिष्टले बुढाबुढीलाई वृद्ध भत्ता दियो । हामीले सरकार चलायौं भने गर्भावस्थादेखि जीवन मृत्युसम्म जीवन कसरी चल्छ, त्यसमा ध्यान दिन्छौं ।’ 

अध्यक्ष ओलीले एमाले सरकारमा जाँदा देशमा धेरै परिवर्तन हुने बताउनुभयो । ‘समयमा विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेको छ । यो देशमा कोही भोकले मर्दैन, सबै ठाउँमा सडक पुग्छ भनेको थिएँ, त्यो भएको छ । 

एमाले नेपालका सबै जातजाती भाषा धर्म, संस्कृतिको सम्वर्धन र रक्षा गर्छ कुनै एक जातको मात्र गर्दैन उहाँले भन्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘अब देशमा सही काम र सही ढंगको विकास गर्न निर्णायक शक्तिका लागि मिसन ८४ तर्फ तपाईंहरु सबै लाग्नु होस् । सधैं समीकरणको सरकारले निर्णायक तहमा काम गर्न सक्दैन ।’ 

अध्यक्ष ओलीले सुबासचन्द्र नेम्वाङ र आफूले इलाम –२ मा पर्ने दमक, चिसापानी सडक, मदन भण्डारी राजमार्ग निर्माण गर्ने योजना बनाएर काम थालेको बताउनुभयो । उहाँले चुलाचुलीमा नागरिकता र मालपोतको काम गर्ने इलाका प्रशासन कार्यालय राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

अध्यक्ष ओलीले सामाजिक सदभाव र राष्ट्रिय एकताका पक्षलाई ध्यानमा राखेर अघि बढ्न आग्रह गर्नुभयो । लोकतन्त्र स्थापनादेखि संविधान निर्माणमा सुबासले गरेको योगदानको चर्चा गर्दै उहाँको सपना पूरा गर्न इलामेली जनताले पनि बिर्सन नहुने बताउनुभयो । 

राष्ट्रिय शक्ति निर्माणका लागि स्वस्थ्य प्रतिस्पर्धासहित आजबाट लाग्न सबैलाई आग्रह गर्दै कुनै भावनामा नबगी देशको कानुन बनाउने विषयमा विज्ञ व्यक्ति सुहाङलाई भोट दिन आग्रह गर्नुभयो । ‘सुहाङले जीतेमा यहाँको सबै विकास मैले  र एमालेले पूरा गर्छ, त्यसको जिम्मा मेरो पनि हुनेछ, म लिन्छु’ ओलीले भन्नुभयो । 

अहिले उठिरहेका जातका कुरा मनमा नराख्न आग्रह गर्दै उहाँले कुनै पनि जातको कुरा मानवताविरुद्धको विषय भएकाले सबै नागरिकलाई एकताबद्ध हुन आह्वान गर्नुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर