नेभिगेसन मेनु

नेपाल–भारत पूर्वी सीमा बन्द
सम्पादक:南亚网络电视
समय:2024-04-25 12:06

sima-naka_Y0SCwZclJk_hDvHPnaU7S

 वैशाख १३ गते । नेपाल–भारत पूर्वी सीमामा आवतजावत बन्द गरिएको छ । नेपालसँग सीमा जोडिएको भारतमा निर्वाचनलाई लक्षित गरेर पूर्वी नाका सिल गरिएपछि आवतजावत बन्द भएको छ । 

आउँदो शुक्रबार भारतमा लोक सभा निर्वाचनको दोस्रो चरणको मतदान हुने भएपछि ७२ घण्टा सीमा सिल गरिएको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताउनुभएको छ । नेपालको झापासँग सीमा जोडिएको पश्चिम बङ्गालको दार्जिलिङ र विहारको किसनगन्ज जिल्लामा एकै दिन मतदान रहेकाले भारतको आग्रह र अनुरोधमा सीमानाका सिल गरिएको हो ।

विगतदेखि नै निर्वाचनमा सीमा बन्द हुँदै आएको थियो । दुवै देशका सुरक्षाकर्मीले नाकामा निगरानी गर्ने गरेका छन् । झापाको काँकडभिट्टा, भद्रपुर, टाघनडुब्बा, गौरीगन्जलगायतका नाका बन्द भएका छन् । मङ्गलबार साँझदेखि बन्द भएको नाका निर्वाचन सकिएपछि खुल्ने छ ।

अत्यावश्यक कामबाहेक सीमामा कोही पनि आवतजावत गर्न नपाउने व्यवस्था गरिएको छ । अत्यावश्यक काम परेमा सीमामा रहेका सुरक्षाकर्मीसँग समन्वय गरेर आउजाउ गर्ने व्यवस्था मिलाइएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर