नेभिगेसन मेनु

दलित बस्तीमा खानेपानीको समस्या
सम्पादक:南亚网络电视
समय:2024-04-24 11:59

dhara

वैशाख १२ गते । बुढीनन्दा नगरपालिका–७, सेरकाटिया दलित बस्तीमा खानेपानीको समस्या भएको छ । २०५० सालमा निर्माण भएको भैँसापानी प्याउना खानेपानी योजनाले बस्तीमा पानी सुविधा दिएको थियो ।

पछिल्लो समय उक्त खानेपानी योजनाको मर्मतसम्भार नहुँदा पाइपलाइन फुटेर बिग्रिँदै गएपछि खानेपानीको अभाव भएको हो । परिवारको सङ्ख्या धेरै र खानेपानीको धारा कम भएको र धारा पनि बिग्रिँदै गएपछि दलित बस्तीमा खानेपानी समस्या देखिएको स्थानीय जसवीर विकले बताउनुभयो ।

उहाँका अनुसार गाउँमा पानीका धेरै धारा छन्, पानी भने कहिल्यै नआउने गरेकाले ६० घरपरिवारलाई खानेपानीको अभाव झेल्नु परेको हो । सरकारले ‘एक घर एक धारा’ निर्माण गरे पनि पानी नआउने गरेको गुनासो स्थानीयको छ । गाउँघर सरसफाइ अभियानसँगै दलित बस्तीका सबै परिवारले घर घरमा शौचालय निर्माण गरेका छन् । घरको अगाडि निर्माण गरेका खानेपानीको धारामा पानी नआउँदा ती शौचालयसमेत फोहोर बन्न थालेको विक बताउनुहुन्छ ।

गाई, भैँसीका लागि खोलाको पानी भए पनि स्थानीयलाई पिउनयोग्य सफा खानेपानीको अभाव देखिएको छ । थानीय दलबहादुर विक भन्नुहुन्छ, “घर घरमा धारा त छन् तर पानी आउँदैन ।” बाजुराका धेरै गाउँबस्तीमा पानीको मुहान नहुँदा खानेपानीको समस्या हुने गरेको छ तर यो दलित बस्तीको माथि खानेपानीका मुहान प्रशस्त रहेका छन् । मर्मतसम्भार गर्न नसक्दा यस्तो समस्या आएको बताइन्छ । उक्त बस्तीमा खानेपानी मर्मतसम्भारका लागि तीन पटक रकम विनियोजन गरेको वडाध्यक्ष अशोकबहादुर दानीले बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर