नेभिगेसन मेनु

हस्तान्तरण नगर्दै सूचना केन्द्र भवन तोडफोड
सम्पादक:南亚网络电视
समय:2024-04-23 16:09

oda-bhawan

वैशाख ११ गते । सिमकोट गाउँपालिका–५ को तल्लो गाउँमा निर्माण गरिएको सूचना केन्द्र भवन तोडफोड गरिएको पाइएको छ । निर्माण कम्पनीले शौचालय निर्माण नगरेको कारण वडालाई हस्तान्तरण हुन नसकेको र निर्माण भएको भवनलाई अज्ञात समूहले तोडफोड गरिएको पाइएको हो । 

उक्त वडाका वडाध्यक्ष चिनबहादुर रावतले अघिल्लो आर्थिक वर्ष निर्माण भएको सूचना केन्द्रको पक्की भवनको झ्याल ढोका अज्ञात व्यक्तिद्वारा तोडफोड गरिएको बताउनुभयो। उहाँले तीनकोठे सो भवनका झ्यालमा लगाइएको सिसा सबै फुटाएर क्षति पुगेको बताउँदै ढोका फोडिएको बताउनुभयो । 

निर्माण कम्पनीले सूचना केन्द्रका लागि आवश्यक शौचालय निर्माण नगरेको कारण वडाले सो भवन नबुझेको र यसबिचमा अज्ञात व्यक्तिद्वारा भवन तोडफोड गरेको बताउनुभयो । भवनमा निक्कै क्षति पुगेको कारण अव त्यसलाई वडाले नबुझ्ने बताउँदै वडाध्यक्ष रावतले निर्माण कम्पनीले सिसा फुटाएका झ्यालमा पुनः सिसा हाल्न लगाउनुपर्ने अवस्था रहेको बताउनुभयो । 

दुई वर्ष अगाडि सघन सहरी विकास कार्यालय जुम्लाले सो सुचना केन्द्र भवनको निर्माणकार्य सुरु गरेको थियो । कार्यालयका सब इन्जिनीयर विमल रावतले भवन अपूर्ण रहेको कारण त्यसलाई पूर्ण बनाउन निर्माण कम्पनीलाई ताकेता गरिएको र बाँकी भुक्तानी रोकिएको बताउनुभयो । आरसिसि पक्की भवन भए पनि अहिले अज्ञात समूहले तोडफोड गरेको कारण विरुप देखिन थालेको छ । भवनमा प्रविधिसहितको सूचना केन्द्र राख्ने लक्ष्य  थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर