नेभिगेसन मेनु

विकासका लागि राजनीतिक प्रतिबद्धता साकार हुनुपर्छ : राष्ट्रपति पौडेल
सम्पादक:南亚网络电视
समय:2024-04-15 16:40

Ramchandra-1

वैशाख ३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले जनताको आकांक्षा बमोजिमको सुशासन, विकास र रोजगारीका लागि राजनीतिक दल र सरकारले गरेको प्रतिबद्धतालाई साकार रुप दिन अनिवार्य रहेको बताउनुभएको छ । विश्व सम्पदा दिवसका अवसरमा तनहुँको तनहुँसुरमा आयोजित कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

राजनीतिक परिवर्तनको सफलतासँगै संविधानसभाबाट नेपाली जनताले पाएको संविधान र हामीले रोजेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्म नै शान्त, सुखी र समुन्नत नेपाल हो भन्नुभयो । “यसको लागि पहिलो शर्त भनेको सुशासन र जनउत्तरदायी लोककल्याणकारी सरकार हो, जनताको आकांक्षा बमोजिमको सुशासन, विकास र रोजगारीका लागि राजनीतिक दल र सरकारले गरेको प्रतिबद्धतालाई साकार रुप दिन अनिवार्य छ” राष्ट्रपति पौडेलले भन्नुभयो । उहाँले हाम्रो विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोत नै भएकोमा जोड दिनुभयो । 

तनहुँसुर इतिहास बोकेको ठाउँ भएको तथा सेनवंशी राजा त्रिविक्रम सेनदेखि नै शाहकाल, राणाकाल र पञ्चायतकालसम्म उपेक्षित रहँदैआएको तनहुँसुर डाँडाको इतिहासमा यहाँ धेरै प्रकारका ऐतिहासिक सम्पदाहरु र स्मारकहरु लुकेर रहेको उहाँले चर्चा गर्नुभयो । 

“अहिले तनहुँसुरलाई यता चुँदीतिरबाट र उता दमौलीतिरबाट पक्की बाटोले जोड्ने काम भइरहेको छ, दक्षिणतिर भगवती रंगपथसमेत गरी तीनै तिरबाट पक्की बाटो तनहुँसुर ताकेर बन्दैछ, हिजोको असुविधा र विकटता हट्दै छ, डाँडाका दिन फर्कदै छन्”, उहाँले भन्नुभयो । नेपालको इतिहासको विविध कालखण्डमा आफ्नै किसिमको महत्व राखेको तनहुँसुरको ऐतिहासिक कालमा मात्र नभइ मुलुकमा राजनीतिक परिवर्तनको सन्दर्भमा  गौरवपूर्ण भूमिका रहेको उहाँले चर्चा गर्नुभयो ।

बन्दिपुरमा भएको सङ्घर्षमा राणा फौजको गोली लागी ६ जना सपुत धर्मध्वज गुरुङ, धर्मराज श्रेष्ठ, उत्तरकुमार श्रेष्ठ, सन्तबहादुर राना मगर, चन्द्रबहादुर सार्की (नेपाली) र खड्गबहादुर गोदारले सहादत प्राप्त गरेका थिए । विसं २०१८ सालमा पनि धेरै शहीद भए जसमध्ये बुद्धसिंह राना मगर यसै क्षेत्रका थिए । “म ती शहीदप्रति यस अवसरमा सम्मान अर्पण गर्दछु, यसरी देशका लागि प्राणाहुति दिने ती शहीदहरू र शहीदका परिवारप्रति राज्यले गर्नुपर्ने दायित्य अझै पूरा हुन बाँकी छ” उहाँले भन्नुभयो । 

भूकम्पबाट क्षति भई पुरातत्व विभागद्वारा पुनः निर्माण गरिएको ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वको खड्कदेवीको मन्दिर श्री शक्ति स्वरुपायै खड्कदेवीमा अर्पण गर्न पाउँदा खुशी लागेको उहाँको भनाइ छ । “गण्डकी प्रदेश सरकारबाट यस ऐतिहासिक स्थललाई विश्व सम्पदासूचीमा सूचीकृत गर्ने प्रयासस्वरुप गत आर्थिक वर्षको बजेट कार्यक्रममा समावेश गरिनु सन्तोषको विषय हो । अब यो प्रदेशको प्राथमिकतामा पर्नेछ भन्ने विश्वास लिएको छु”, राष्ट्रपति पौडेलले भन्नुभयो । 

आफ्नो राजनीतिक जीवनको अन्यन्त कठिन सङ्घर्षका दिनहरूमा यस क्षेत्रबाट प्राप्त गरेको सद्भाव र २०४६ को परिवर्तनपश्चात् सम्पन्न आम निर्वाचनमा प्राप्त जनविश्वासबाट यस क्षेत्रको प्रतिनिधिको हैसियतले संसदमा प्रतिनिधित्व गर्ने शुभअवसर मिलेको तथा शान्ति प्रक्रियादेखि संविधान निर्माणमा योगदान दिने अवसर प्राप्त भएको उहाँले स्मरण गर्नुभयो । 

सेन राज्यकालीन तनहुँसुर तत्कालीन राज्य सञ्चालनको केन्द्र मात्र नभई संस्कृत, मैथिली, भोजपुरी र फारसी भाषाका विद्वानहरुको बाैद्विक केन्द्रसमेत रहेको उहाँको भनाइ छ । खासगरी चुँदी उपत्यकामा संस्कृत विद्वानको ख्याति काशीनगरी (भारत) सम्म फैलिएको इतिहासमा उल्लेख छ । त्यही शैक्षिक एवम् विद्वत् परम्परामा आदिकवि भानुभक्त आचार्यको जन्म भएको र नेपालीभाषी जगतमा प्रसिद्धि फैलिएको थियो ।  “पछिल्लो समय बन्दिपुर, दमौली, मानुङलगायतका धार्मिक, ऐतिहासिक, र सांस्कृतिक क्षेत्रहरूसँगै ऐतिहासिक तनहुँसुर पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदैगएको छ, पृथ्वीराजमाार्ग हुँदै प्रसिद्ध पर्यटकीय नगरी पोखरा पुग्ने स्वदेशी विदेशी पर्यटकलाई तनहुँसुरलगायतका विभिन्न क्षेत्रको भ्रमण गर्न आकर्षित गर्नुपर्ने आवश्यकता छ” राष्ट्रपति पौडेलले भन्नुभयो । 

“तनहुँसुर आफैंमा एउटा प्राकृतिक किल्ला हो । यसको ऐतिहासिक र रणनीतिक महत्व पनि छ, सिङ्गो नेपाल यस्तै रणनीतिक महत्वमा अडिएको र बाँचेको छ, यस्तै प्राकृतिक अवस्थाले नेपाललाई बचाएको छ” उहाँले भन्नुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर