नेभिगेसन मेनु

जनजाति महोत्सवले सांस्कृतिक निकटता बढ्यो
सम्पादक:南亚网络电视
समय:2024-03-20 12:26

IMG20240318175445

चौथो बर्दिबास जनजाति महोत्सव सम्पन्न भएको छ । फागुन २४ गतेदेखि सुरु भएको महोत्सवले करोडभन्दा बढीको कारोबार गर्दै मङ्गलबार समापन भएको जनाइएको छ ।

बर्दिबास नगरप्रमुख प्रह्लाद क्षेत्रीले समापन समारोहलाई सम्बोधन गर्नुहुँदै जनजाति महोत्सवले सांस्कृतिक निकटता बढाउनुका साथै जनजातिका पहिचानलाई स्थापित गर्न र शिथिल बनेको अर्थतन्त्रलाई केही मात्रामा भए पनि चलायमान गराउन सफल भएको बताउनुभयो ।

नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् महोत्तरीले आयोजना गरेको चौथो महोत्सव एक लाखभन्दा बढीले अवलोकन गरेको गरेको जनाइएको छ । आयोजक सङ्घका अध्यक्ष धननारायण श्रेष्ठका अनुसार महोत्तरीमा बसोबास गर्ने मगर, भुजेल, तामाङ, नेवार, थारु, दनुवार, राई, मण्डल, माझीलगायत नौ प्रकारका जनजातिको उत्साहजनक सहभागिताले महोत्सवलाई जीवन्त बनाएको बताउनुभयो । महोत्सवले जनजातिका भेषभूषा, संस्कृति र पहिचानलाई पुनर्जीवन प्रदान गरेको बताउनुभयो । उहाँका अनुसार महोत्सवमा अनुमानित एक करोडभन्दा बढीको व्यापारिक कारोबार भएको छ ।

ग्रामीण कलाकारको जातीय विविधतासहितको धार्मिक सांस्कृतिक झाँकी, लोकसंस्कृतिमा आधारित गीत, नृत्य र रहनसहनका प्रस्तुतिले महोत्सवको सुनमा सुगन्ध थपेको थियो ।

स्थानीय पहिचान र उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले विगत चार वर्षदेखि मधेश प्रदेशकै ‘ब्राण्ड’ बनेको जनजाति महोत्सव यो पटक भने आर्थिक मन्दीको मारमा परेको व्यवसायीको दुःखेसो छ ।

महोत्सव ठेकेदार ढावा लामाले यो वर्ष अपेक्षाकृत दर्शक नै नआएको बताउनुभयो । उहाँका अनुसार १५ दिने महोत्सवमा दुई लाख जति दर्शक आउने अनुमान गरिए पनि आधा जतिले मात्र अवलोकन गरेका थिए ।

महोत्सवमा थारु, मगर, नेवार, दनुवार लगायतका जनजातिले पहिचानसहितको विविध सांस्कृतिक कार्यक्रमको आयोजनाले महोत्सवलाई जीवन्त र स्मरणीय बनाएको थियो । 

 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर