नेभिगेसन मेनु

ट्रम्पसँगको भेटअघि सी–पुटिन वार्ता
सम्पादक:南亚网络电视
समय:2026-11-18 16:49

Xi-and-Putin-meeting

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने भनिएको ऐतिहासिक त्रिपक्षीय शिखर सम्मेलनको पूर्वसन्ध्यामा चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार चीनको सेन्जेनमा उच्चस्तरीय वार्ता भएको छ ।

बिहीबार हुने सम्मेलनमा विश्व सुरक्षा, आणविक निःशस्त्रीकरण र प्रमुख शक्तिबीचको सम्बन्धबारे छलफल हुने अपेक्षा गरिएको छ । युक्रेन युद्धको विषय भने छलफलमा समावेश हुने वा नहुने स्पष्ट भइसकेको छैन ।

एपेक बैठकलाई सम्बोधन गर्दै पुटिनले बढ्दो सैन्य तथा राजनीतिक जोखिमका बेला विभाजनभन्दा एकता र अल्टिमेटमभन्दा संवाद आवश्यक रहेको बताउनुभयो । उहाँले रुसमाथि लगाइएका पश्चिमी प्रतिबन्धले आफ्नो देशको आर्थिक विकास रोक्न नसकेको दाबी पनि गर्नुभयो ।

चिनियाँ राष्ट्रपति सीले कृत्रिम बौद्धिकता (एआई) र स्वतन्त्र व्यापारमा अन्तर्राष्ट्रिय सहकार्य बढाउनुपर्ने बताउनुभएको थियो । सी र पुटिनबीच ऊर्जा, वित्तीय सहकार्य तथा युक्रेन र उत्तर कोरियासम्बन्धी विषयमा पनि छलफल हुने रुसी अधिकारीहरूले जनाएका छन् ।

यसैबीच, ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग पनि चीनमा भेटवार्ता गर्ने इच्छा व्यक्त गर्नुभएको छ । तर अमेरिकी विदेशमन्त्री मार्को रुबियोले त्यस्तो भेटको पुष्टि गर्नुभएको छैन ।

ट्रम्पले फिलिपिन्समा क्वाड समूहका अस्ट्रेलिया, जापान र भारतका नेताहरूसँग पनि भेट गर्नुभएको थियो । यसैक्रममा आसियान सम्मेलनमा सहभागी करिब दुई हजार प्रदर्शनकारीले अमेरिकी नीतिको विरोध गरेका थिए ।

अमेरिकी व्यापार नीतिप्रति असन्तुष्टि जनाउँदै चिनियाँ प्रधानमन्त्री ली छ्याङ, ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भा र क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले व्यापारिक निर्भरता घटाउनुपर्ने धारणा राख्नुभएको थियो ।

यसैबीच, ट्रम्पले १० महिनाभित्र दुर्लभ खनिज उत्पादनमा अमेरिकाले चीनलाई उछिन्ने दाबी गर्नुभएको छ । वासिङ्टनले सिङ्गापुर, मलेसिया, थाइल्यान्ड र इन्डोनेसियामा उन्नत एआई चिप्स निर्यात गर्न विशेष अनुमति लिनुपर्ने नयाँ नियम पनि सार्वजनिक गरेको छ । 

सिङ्गापुरले भने आफ्ना कम्पनीलाई विश्वसनीय रूपमा चिप्स उपलब्ध गराउने उपाय खोजिरहेको जनाएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी