नेभिगेसन मेनु

कान्तिपुर चूप लाग्नुको यही हो त कारण ?
सम्पादक:南亚网络电视
समय:2024-07-01 16:11

kantipur_ZQvRJzXTlk

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता पुष्टि हुनेगरी एकपछि अर्को खोजमूलक समाचार लेख्दै आएको कान्तिपुर मिडियामा पछिल्लो समय त्यस्ता समाचारले ठाउँ पाउन छोडेको छ । नागरिकता किर्ते प्रकरणमा अध्यक्ष कैलाश सिरोहिया पक्राउ पर्नुअघि लगातार समाचार लेखिरहेको कान्तिपुर त्यसपछि आश्चर्यजनक रुपमा रोकिएको हो ।       

गत जेठ ९ गते प्रहरीले कार्यकक्षबाटै कैलाशलाई पक्राउ गर्दा कान्तिपुरले सहकारी ठगीको समाचार लेखेकै कारण गृहमन्त्री रवि लामिछानेले प्रतिशोध साँधेको दाबी गरेको थियो । सहकारी प्रकरणलाई ओझेलमा पार्न गृहमन्त्रीले सत्ताको दुरुपयोग गरेको, राज्यबाटै प्रेस स्वतन्त्रता हनन भएको भन्दै धारावाहिक सामाग्री सम्प्रेषण पनि गर्‍यो । सम्पादकीय र दर्जनौँ समाचार लेखियो । तर, उसैले उधिनेको सहकारीको विषयले भने स्थान पाएन । 

प्रश्न उठ्छ – काठमाडौँबाट समातिएका कैलाशलाई रातारात जनकपुर पुर्‍याई ९ दिन जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेर मुद्दा दर्ता नगरी रिहा गर्नु र कान्तिपुरले एकाएक समाचार लेख्न छोड्नु संयोग मात्रै हो या आफ्नो न्युज लेख्न रोकाउने गृहमन्त्रीको योजना र तत्काल हिरासतबाट निस्कने कैलाशको चाहनाबीचको सौदाबाजी ? भनिंँदै छ, अहिले तामेलीमा राखिएको यो मुद्दा नयाँ तथ्य फेला पर्‍यो भनेर जुनसुकै बेला जगाउने तयारी छ । यसरी कैलाशको टाउकोमा नागरिकताको तरबार झुण्ड्याइदिएर उनी कान्तिपुरमा समाचार रोकाउन सफल भएको आशंका धेरैले गरेका छन् । 

धनुषा जिल्ला अदालतबाट हिरासतमा राख्न तीनचोटि म्याद थपेर अन्तिम पटक थपेको म्याद बाँकी छँदै सरकारी वकिल कार्यालयबाटै कैलाश छुटेका थिए । सामान्यतयाः थुनामा रहिरहेको भए २५ दिनभित्र मुद्दा दर्ता गरिसक्नुपथ्र्याे । अहिले त महिना दिन नै कटिसक्यो ।  किनभने फौजदारी कसूरमा आरोपित पक्राउ परेको २५ दिनभित्र अदालतमा मुद्दा पेश गरी थुनछेक बहस भएर थुनामै रही पुर्पक्ष गर्ने या धरौटीमा रिहा भन्ने कुराको निक्र्याेल भैसक्नुपर्छ । आरोपितलाई मुद्दा नचलाई रिहा गर्नुको अर्थ यो प्रकरणमा दम थिएन भन्ने बुझिन्छ । अर्थात् जे भनेर हात हालिएको थियो त्यो रहेनछ भन्ने पुष्टि भइसक्यो । तथापि कान्तिपुरलाई मत्थर पारेर आफूविरुद्धका समाचार रोकाउन भने गृहमन्त्री लामिछाने सफल भएका छन् ।  

विशेष स्रोतका अनुसार कैलाश पक्राउ परेको भोलिपल्ट जनकपुर पुगेका सम्पादकहरूबीच यसबारे छलफल हुँदा सहकारी ठगीसम्बन्धी समाचारलाई महत्वका साथ स्थान दिने निचोड निस्किएको थियो । तर, भोलिपल्ट छुटिहाल्ने आशामा समाचार लेखिएन । त्यसैबीच गृहमन्त्रीका कारण नभई एमाले अध्यक्ष केपी ओलीले गर्दा पक्राउ परेको भन्ने सूचना गयो । त्यसपछि ‘अब हाम्रो लडाइँ रविसँग हैन केपीसँग हो’ भन्नेमा सम्पादकहरू पुगेको र अहिलेसम्म त्यहि बुझाईमा उनीहरु रहेको बताइन्छ । 

यता, गृहमन्त्री लामिछानेले भने कैलाशका कमजोरी खोजेर कान्तिपुरलाई थप दबाबमा राख्ने रणनीति बनाएका छन् । त्यसका लागि कान्तिपुर मिडिया ग्रुप र कैलाशको कहाँ–कहाँ लगानी छ भनेर खोजवीन गर्न सञ्चार मन्त्रालयका एकजना सहसचिवको नेतृत्वमा एउटा टोली नै खटाएको मन्त्रालयसम्बद्ध स्रोतको दाबी छ । त्यो टोलीले खासगरी सिंगापुरलगायत विदेशमा लगानी छ–छैन भनेर खोजिरहेको बताइएको छ । विदेशमा लगानी रहेको र नेपालबाट वैध ढंगले रकम गएको देखियो भने सम्पत्ति शुद्धीकरणमा तान्न सजिलो हुने भएकाले त्यस्तो तरिका अपनाएको बुझिन्छ । 

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र काँग्रेस सांसद तथा विवादास्पद ब्यापारी विनोद चौधरीको उदाहरण दिँदै जानकार स्रोत भन्छ– सम्पत्ति शुद्धीकरणमा प्रसाईं र चौधरीविरुद्ध मुद्दा छ । तर, उनीहरु अहिले सत्ता, लघुवित्तको आन्दोलन र शक्तिको पहुँचमा रहेकाले अनुसन्धान अघि नबढेको  मात्र हो । जुनसुकै बेला फेला पर्न सक्छन् । जस्तो, उद्योग, वाणिज्य महासंघको पूर्वअध्यक्ष प्रदिपजंग पाण्डे र पूर्वसभामुख कृष्णबहादुर महराको उदाहरण काफी छ । यदि महरा पार्टी र राजकीय शक्तिमा हुन्थे भने न उनले हिरासत बस्नुपथ्र्याे न छोरा एटम जेलमा पुग्थे । 

दुबईमा कम्पनी खोलेका दुर्गा प्रसाईंले वैध बाटोबाट पैसा लगेको नदेखिएपछि सम्पत्ति शुद्दीकरणले अनुसन्धान थालेको थियो । तर, नेता, कर्मचारी, सांसदलगायत विभिन्न शक्तिशाली व्यक्तिको अडियो रेकर्ड सार्वजनिक गरिदिने धम्की दिएर उनी जोगिँदै आएको बताइन्छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर