नेभिगेसन मेनु

'सानी चरीको गीत' चिनियाँ बाल परिकथा सङ्ग्रहको नेपाली अनुवाद सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा सयौँ विद्यार्थी माझ विमोचन
सम्पादक:南亚网络电视
लेखक:मनोज न्यौपाने
समय:2025-08-14 15:28


bimochan

एस् ए टी भी २९ साउन,२०८२, काठमाडौंः सर्वोत्तम श्रेष्ठको अनुवादमा चिनियाँ साहित्यकार लेउ तिहोङको बाल परिकथा सङ्ग्रह ' सानी चरीको गीत' सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा सयौँ विद्यार्थी माझ विमोचन भएको छ।   

IMG_1624

विमोचन कार्यक्रममा अरनिको समाजका अध्यक्ष सुशील प्रजापति, साहित्यकार लेउ तिहोङ , अनुवादक सर्वोत्तम श्रेष्ठ लगायतका विशिष्ट व्यक्तित्त्वहरूको उपस्थिति रहेको थियो।   

IMG_1623

लेउ तिहोङका २२ परिकथाहरूलाई डा. सर्वोत्तम श्रेष्ठले निकै सहज र सरल तरिकाले अनुवाद गरेका छन्। उनले नेपालका विद्यार्थीलाई चिनियाँहरूले गर्ने परिकल्पनाको बारे जानकारी होस् र आधुनिकीकरणको युवा वयमा पुगेको चीनलाई बुझ्ने अवसर प्राप्त होस् भन्ने उद्देश्यले उक्त पुस्तक अनुवाद गरेको बताए।  

IMG_1643

लेखक लेउ तिहोङले भने नेपाली विद्यार्थी माझ आफ्नो पुस्तक पुगेको मा आफू निकै खुसी रहेको बताए। उनले आफ्नै खर्चमा ५०० थान किताब विभिन्न विद्यालयका बालबालिकालाई पुर्‍याउने उद्देश्य स्वरूप २५० किताब सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थीलाई वितरण गरेको पनि बताए।  

IMG_1621

चिनियाँ बालबालिकाले निकै रुचाएको यस ' सानी चरीको गीत ' बोलको बाल परिकथा सङ्ग्रहले नेपाली विद्यार्थी तथा बालबालिकाको मानसपटलमा पनि डेरा जमाउनेछ भन्ने विश्वास लिइएको छ। 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर